मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

‘मंसिर ४’ राष्ट्रवादी नेताहरुले जित्ने दिन : विक्रम पाण्डे

‘मंसिर ४’ राष्ट्रवादी नेताहरुले जित्ने दिन : विक्रम पाण्डे


भरतपुर । पूर्वमन्त्री तथा राप्रपाका उपाध्यक्ष विक्रम पाण्डेले मंसिर ४ मा राष्ट्रवादी नेताहरुले जित्ने दाबी गरेका छन् । 
राप्रपा क्षेत्रीय समिति क्षेत्र नं–१ चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री पाण्डेले मंसिर ४ लाई जनताको जित हुने दिन बनाउन आह्वान गरेका छन् । उनले सत्तामा रहेका दलहरुका कामबाट आजित भएकाले जनताले विकल्प खोजिरहेको बताए । 
उनले सम्भावना नै सम्भावना भएको देशलाई कंगाल बनाउने र विदेशीको इसारामा चल्ने र काम गर्नेहरुलाई हराउन जनताहरु लाग्ने दाबी गरे । 
‘देशलाई बचाउने बेला आएको छ, अहिलेसम्मकै सबै विकृति र विसंगतिलाई लखेट्ने दिन आउँदैछ’, उनले भने, ‘असुरहरुलाई नाश गरेर दुर्गाले नयाँ दुनियाको रचना गर्नुभयो, यसपटक जनताको जित हुने आशीर्वाद मागेको छु ।’ 
उनले हरेक जमघटहरुमा युवालाई भेट्नै कठिन भएको बताउँदै स्वदेश फर्काउने अभियान चलाइने बताए । उनले हिन्दुराज्य र राजसंस्था हटाएर संस्कारमाथि नै प्रहार भएको जिकिर गरे । 
‘हिन्दुराज्य किन हटाएको ? यहाँबाट राजसंस्था किन हटाएको ?’, उनले प्रश्न गरे, “रीतिरिवाज, संस्कारहरु विलय बनाउने प्रयास भैरहेका छन्, अब नेपालीहरु ऐक्यबद्ध बन्छन्, राष्ट्रवादी नेताहरु जिताएर देश जोगाउनेछन् ।’ 
उनले युवापुस्ताले मौलिक पर्वको महत्त्व, मनाउने विधि नै भुल्न थालेको तर्कसमेत गरे । 
नेता पाण्डे चितवन क्षेत्र नं–३ बाट प्रतिनिधिसभा सदस्यमा उमेदवारी दिने योजनामा छन् । उनी यसअघि २०७० को दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित भएपछि वनमन्त्रीसमेत बन्न सफल भएका थिए ।