मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

मानव र हात्तीको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च

मानव र हात्तीको द्वन्द्व रोक्न वार्षिक ८० लाख अमेरिकी डलर खर्च


कोलम्बो । श्रीलङ्काको वन्यजन्तु मन्त्रालयले मानव र हात्तीबीचको द्वन्द्व रोक्न सरकारले पटाकामा वार्षिक ८० लाख अमेरिकी डलर खर्च गर्ने गरेको जनाएको छ । 
 
कृषि, वन्यजन्तु तथा वन स्रोत संरक्षण मन्त्री महिन्दा अमरवीराले सरकारलाई प्रतिवर्ष कम्तीमा १४ लाख हात्ती रिपेलेन्ट (पटाका) आवश्यक पर्ने बताए ।  
 
हात्तीले मानव बस्तीमा आक्रमण गर्नुको मुख्य कारण वनक्षेत्रमा गाउँ निर्माण हुनु, हात्ती खुलेआम हिँडडुल गर्नु र जङ्गली हात्तीका लागि खाना र पिउने पानीको अभाव हुनु रहेको उनले बताए । 
 
लामो समयदेखि जारी द्वन्द्वमा मानव र हात्तीको थप मृत्यु हुन नदिन स्थायी समाधानका लागि कदम चालिएको उनले विश्वास दिलाए । 
 
पछिल्लो हात्ती गणनाअनुसार श्रीलङ्कामा हात्तीको सङ्ख्या करिब छ । उपलब्ध तथ्याङ्कअनुसार मानव–हात्ती द्वन्द्वका कारण बर्सेनि करिब ३०० हात्तीको मृत्यु हुने गरेको छ भने १०० भन्दा बढी मानिसको ज्यानसमेत जाने गरेको छ । सन् २०१९ मा मानव–हात्ती द्वन्द्वमा श्रीलङ्कामा सबैभन्दा बढी ४०७ हात्तीको मृत्यु भएको थियो । 
 
श्रीलङ्कामा जङ्गली हात्तीको हत्या गर्नु फौजदारी अपराध हो तर आक्रोशित गाउँलेहरूले जनावरलाई विष खुवाएर वा गोली हानेका समाचारहरू बारम्बार आइरहेका छन् । रासस