बिश्व घटना

रूसी विद्यालयमा गोली चल्दा सात विद्यार्थीसहित १३ जनाको मृत्यु, राष्ट्रपति पुटिनद्वारा निन्दा

रूसी विद्यालयमा गोली चल्दा सात विद्यार्थीसहित १३ जनाको मृत्यु, राष्ट्रपति पुटिनद्वारा निन्दा


स्को । रूसको इजेभ्स्क शहरको एक विद्यालयमा सोमबार भएको गोलीकाण्डमा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको  छ ।
 
रुसी अनुसन्धान समितिलाई उद्धृत गर्दै तास समाचार एजेन्सी जनाएअनुसार पश्चिमी रुसको उडमुर्त गणतन्त्रको राजधानी इजेभ्स्कको शहरी प्रशासन भवन नजिकै रहेको विद्यालयमा भएको आक्रमणमा सात बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । घटनामा १४ बालबालिका र अन्य सात जना घाइते भएका छन् ।
 
यसअघि यहाँको प्रशासनले दिएको जानकारीमा गोली लागी नौ जनाको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएको बताइएको थियो । 
 
आक्रमणकारीले आत्महत्या गरेको र उसको शव फेला परेको र उसले नाजी चिन्ह अङ्कित कालो टि–सर्ट र मास्क लगाएको भेटिएको रूसी प्रहरीले जनाएको छ । आक्रमणकारीसँग कुनै कागजात नभएकाले पहिचान अस्पष्ट रहेको समितिले जनाएको छ ।    
 
आक्रमण भएको विद्यालयमा ९८२ विद्यार्थी र ८० शिक्षक रहेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै उदमुर्त गणतन्त्रको प्रशासनले सोमबारदेखि तीन दिने शोकको घोषणा गरेको छ । 


रुसी राष्ट्रपति पुटिनद्वारा आतङ्कवादी हमलाको निन्दा

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार इजेभस्कमा रुसी विद्यालयमा भएको आक्रमणलाई अमानवीय भन्दै कडारूपमा निन्दा गरेका छन् । 
 
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले सो घटनामा बालबालिकाको मृत्युप्रति गहिरो शोक व्यक्त गरे । उक्त आतङ्कवादी हमला स्पष्ट रूपमा नव-फासिस्ट समूहसँग सम्बन्धित रहेको क्रेमलिनका प्रवक्ताले बताए ।  
 
रुसको इजेभस्क शहरको एक विद्यालयमा अज्ञात आक्रमणकारीले अन्धाधुन्ध गोली चलाउँदा सात बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ । सो घटनामा १४ जना बालबालिकासहित २१ जना घाइते भएका छन् ।
 
प्रारम्भिक रिपोर्टहरू अनुसार छ जना वयस्क र सात साना केटाकेटीहरूसहित १३ जनाको  सो आक्रमणमा ज्यान  गएको छ । 
 
सञ्चार माध्यमहरूले जनाएअनुसार २५ वर्षीय युवकले इर्कुत्स्क क्षेत्रको उस्ट-इलिम्स्कमा रहेको सैन्य भर्ती कार्यालय नजिकबाट गोली चलाएका थिए । घटनापश्चात् गोली प्रहार गर्ने युवकलाई तुरुन्तै पक्राउ गरिएको थियो । अल जजीराका अनुसार रुसका विद्यालयमा गोलीप्रहारका घटना विरलै हुने गर्दछ । एएफपी/एएनआई
 

Advertisement