मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

खाद्य सुरक्षा चीनको सबैभन्दा आधारभूत चासो हो : राष्ट्रपति सी

खाद्य सुरक्षा चीनको सबैभन्दा आधारभूत चासो हो : राष्ट्रपति सी


बेइजिङ । चिनियाँ राष्ट्रपति एवं चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) केन्द्रीय समितिका महासचिव सी चिनफिङले खाद्य सुरक्षालाई निकै महत्त्व दिएका छन् । 
 
उनले खाद्य सुरक्षा देशको सबैभन्दा आधारभूत चासो रहेको बताउँदै देश खाद्य सुरक्षामा सजग रहनुपर्ने र स्वदेशी अन्न उत्पादन तथा उत्पादनको क्षमता थप विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।  
 
उनको टिप्पणी छ, खेतबारी अन्न उत्पादनको जीवन रेखा र चिनियाँ राष्ट्रको दिगो विकासको आधार हो । खेतबारी खेतीका लागि हो अन्य प्रयोजनका लागि होइन । खेतीयोग्य जमिनको संरक्षणका लागि सक्दो कडा प्रणाली लागू गर्नुपर्छ । 
 
सबै तहका पार्टी समिति र सरकारहरूले कृषि, ग्रामीण क्षेत्र र किसानहरूसम्बन्धी कार्यमा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रमुख नीति, निर्णय र योजनाहरू कार्यान्वयन गर्नुपर्नेमा उनको जोड छ ।
 
कृषि आधुनिकीकरणलाई अगाडि बढाउन विज्ञहरूको मात्र नभई सबै किसानहरूको प्रयास आवश्यक छ । आधुनिक कृषि विज्ञान र प्रविधिको प्रवर्द्धन र प्रयोग र किसानहरूको तालिमलाई बलियो बनाउनुपर्छ र सबै ठूला अन्न उत्पादकहरूले यसमा ध्यान दिनुपर्छ । सिन्ह्वा