मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

प्रेमिल जोडीको भावना पोखिएको भिडियो लुकिछिपी सार्वजनिक

प्रेमिल जोडीको भावना पोखिएको भिडियो लुकिछिपी सार्वजनिक


काठमाडौँ । फिल्मीखबर डट कमका प्रधान सम्पादक सुमन गैरेको रचनामा प्रविशा अधिकारी र सुमन केसीको स्वर रहेको गीत लुकीछिपीको भिडियो सार्वजनिक भएको छ । सरोज पोखरेलको संगीत रहेको गीतमा प्रेमिल जोडीको भावना पोखिएको छ ।  
 
प्रकाश धितालको निर्देशनमा बनेको उक्त म्युजिक भिडियोमा उमेश भट्ट र आलिशा बास्तोलाको अभिनय रहेको छ । गहिरो प्रेममा रहेका जोडीले आफ्ना भावना पोखेको यस गीतको छायांकन चितवनमा गरिएको हो ।  
 
उत्सव दाहालले छायांकन गरेको उक्त भिडियोका सम्पादक विकास दाहाल हुन् भने एशोसियट निर्देशक माधव शर्मा हुन् । प्रेम रसाइलीको कोरियोग्राफी, अशिम रानाभाटको कस्ट्युम डिजाइन तथा दिपेन गौतम (माइकल)को प्रडक्सन डिजाइन रहेको सो गीतलाई गायक केसी र गीतकार गैरेले निर्माण गरेका हुन् ।
 
आधा दर्जन फिल्म र म्युजिक भिडियो तथा एकदर्जनभन्दा बढी विज्ञापनमा अभिनयसमेत गरिसकेका गैरेले गीत लेखनसँगै आफ्नो परिचयलाई नयाँ रूप दिएका छन्। 
 
हाल अमेरिकामा रहेका सञ्चारकर्मी गैरेले आगामी दिनमा गीत लेखनलाई निरन्तरता दिने बताएका छन् । आफ्नै लेखनमा अर्जुन पोखरेलको संगीत रहेको अर्को गीतको भिडियो पनि छिट्टै सार्वजनिक हुने गैरेले हिमालयखबरलाई जानकारी दिए ।