मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रूसमा आंशिकरूपमा सेना परिचालन गर्ने पुटिनको घोषणा

रूसमा आंशिकरूपमा सेना परिचालन गर्ने पुटिनको घोषणा


स्को । रूसमा आंशिकरूपमा सेना परिचालन गरिने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिकरूपमा सेना परिचालन गर्ने घोषणा गरेका हुन् । 
 
युक्रेनमा भइरहेको युद्धका कारण रुसमा सेना परिचालनको आवश्यकता महसुस गरिएको पुटिनको भनाइ छ । उनले भनेका छन्, “मैले मातृभूमिको सुरक्षा, स्वाभिमान र क्षेत्रीय एकता बलियो बनाउन र यहाँमा मानिसको सुरक्षालाई ध्यान दिँदै आंशिकरूपमा सेना परिचालन गर्ने प्रस्तावलाई सदर रहेको हुँ ।” 
 
उनका अनुसार देशमा आंशिकरूपमा सेना परिचालनको प्रस्ताव रक्षा मन्त्रालय र प्रधान सेनापतिले पठाएका थिए । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले देशभर आंशिकरूपमा सेना परिचालन गर्ने निर्णय बुधबारदेखि लागू हुने पनि जानकारी दिए ।  
 
उनले दोहोर्‍याउँदै भने, “म फेरि पनि भन्छु, अहिले आंशिकरूपमा मात्रै सेना परिचालन गरिएको हो ।” उनले शान्तिपूर्ण निकासका लागि किभ तयार नभएको बताउँदै त्यही नै मुख्य समस्या भएको टिप्पणी गरे ।  
 
सम्बोधनको सुरूमा उनले रुसलाई ध्वस्त पार्न पश्चिमी देशहरु सक्रिय भएर लागिरहेको आरोप पनि लगाए । “उनीहरुलाई हामीलाई पहिला टुक्र्याउन चाहन्छन्, त्यसपछि ध्वस्त पार्न चाहन्छन्”, पुटिनले सम्बोधनका क्रममा भने । 
 
पश्चिमी देशहरूले यसअघि सन् १९९१ मा तत्कालीन सोभियत संघ रहेको बेलामा पनि सो कुरा सीधै भन्ने गरेको पनि उनले स्मरण गरे ।  
 
रुसले युक्रेनमा आक्रमण गरेपछि अहिलेसम्म पनि युद्ध जारी नै रहेको छ । रुसले युक्रेनमा आक्रमण गरेकोप्रति पश्चिमी देशहरुले चर्को विरोध गर्दै आएका छन् । उनीहरुले रुसलाई एक्ल्याउन आह्वान गर्दै युक्रेनलाई सहयोग पनि गर्दै आएका छन् । एएनआई