मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

बालक अपहरण गर्ने भारतीय महिला पक्राउ

बालक अपहरण गर्ने भारतीय महिला पक्राउ


चितवन । बालक अपहरण गरी भारतमा लैजाने गरेको खबर सामाजिक सञ्जालमा आइरहेका बेला चितवनमा मंगलबार मध्यान्ह १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका वडा नं–१७, गुञ्जनगरबाट चार वर्षीय बालक अपहरण गर्ने एक महिलालाई चितवन प्रहरीले पक्राउ गरेको छ । 
 
पक्राउ पर्नेमा भारतको रहसी गाउँ निवासी ३८ वर्षीया अनिता पाल रहेकी छन् । निज पालले बालकलाई ललाइफकाइ अपहरण गरी लैजाँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।  
 
निज पाललाई चितवन जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धकसम्बन्धी कसुरमा चार दिन म्याद लिई थप अनुसन्धान भइरहेको उनले बताए ।