मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पत्रकार मधुकर अधिकारीलाई मातृशोक

पत्रकार मधुकर अधिकारीलाई मातृशोक


चितवन । अमेरिकामा रहेर पत्रकारिता गर्दै आएका पत्रकार मधुकर अधिकारीलाई मातृशोक परेको छ । उनकी ८० वर्षीया आमा तुलसादेवी अधिकारीको मंगलबार आफ्नै निवास भरतपुर चितवनमा निधन भएको हो । 
 
कोभिड-१९ संक्रमण भएपछि उनको स्वास्थ्य कमजोर बन्दै गएको थियो । स्वर्गीय श्रीमती अधिकारीका तीन छोरा र ५ छोरी छन् । 
 
मधुकर अमेरिकामा बसेर राष्ट्रिय समाचार समितिको संवाददाताका रुपमा कार्यरत छन् । उनी अमेरिकामा नेपाली पत्रकारहरुको संस्था नेजाका पूर्व क्षेत्रीय संयोजक रहेका थिए ।

यसैबीच, नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष विकासराज न्यौपानेले दिवंगत तुलसादेवी अधिकारीको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।