मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

न्यूयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा र लाखे नाच

न्यूयोर्कमा भव्यरुपमा मनाइयो इन्द्रजात्रा र लाखे नाच


न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा नेवाः समुदायले इन्द्रजात्रा र लाखे नाच प्रदर्शन गरेका छन् । नेवाः गुठी न्यूयोर्कको आयोजनामा शनिबार ज्याक्सन हाइट्समा यन्या पुन्ही अर्थात इन्द्रजात्रा विशेष रुपमा मनाइएको हो । जात्रामा कुमारी, गणेश र भैरवको रथ यात्रा पनि गरिएको थियो । 
 
त्यस्तै जात्रामा नेवारी कला झल्किने विभिन्न प्रस्तुतिका साथै विशेष सांस्कृतिक कार्यक्रम गरिएको थियो । कार्यक्रममा अमेरिकामा रहेका कलाकारहरुले प्रस्तुति दिएका थिए ।
 
जात्रा अवलोकन गर्न नेपाली समुदायका साथै न्यूयोर्क आसपासका स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । जात्रापछि समुदायका अगुवाका साथै न्यूयोर्क सिटीका प्रतिनिधिले आफ्नो धारणा राखेका थिए । 
 
नेवाः गुठी न्यूयोर्कले तीन वर्षअघिदेखि इन्द्रजात्रा मनाउन थालेको हो । गुठीका अध्यक्ष विजयमान सिंले आगामी वर्षहरुमा यी र यस्ता पर्वहरुलाई अझै विशेष र भव्यरुपमा सम्पन्न गर्ने जानकारी दिए । 
 
कार्यक्रममा पुलुकिसी नाच विशेष आकर्षण रहेको थियो । कार्यक्रमको अन्तमा विशेष रुपले तयार गरिएको नेवारी भोजन तथा सगुन वितरण गरिएको थियो ।