मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सबैले देश बनाउने संकल्प गर्नुपर्छ : अध्यक्ष ओली

सबैले देश बनाउने संकल्प गर्नुपर्छ : अध्यक्ष ओली


मोरङ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउने सामूहिक संकल्प गर्न सबैलाई आग्रह गरेका छन् । 
 
नेपाल वुद्धिजीवी परिषद् प्रदेश नं १ को प्रथम अधिवेशनको शनिबार उद्घाटन गर्दै उनले वुद्धिजीवीले योजनाबद्ध ढङ्गले युवालाई मुलुक उन्नतीशील, समृद्ध बनाउने अभियानमा डोर्‍याउनुपर्नेमा जोड दिए । 
 
पूर्वप्रधानमन्त्री ओलीले नयाँ पुस्ताले मुलुकलाई कस्तो बनाउने भन्ने सोच्ने बेला आइसकेको उल्लेख गर्दै आकांक्षा, सपनालाई सार्थक र सुन्दर भविष्य निर्माणका लागि सही मार्गदर्शन दिनका लागि परिषद्लाई आग्रह गरे । 
 
उनले समाजलाई परिवर्तन गरी गतिशील बनाउन वुद्धिजीवीको ठूलो भूमिका हुने चर्चा गर्दै मुलुकको विकास गर्न वुद्धिको ज्योति देखाउनुपर्नेमा जोड दिए । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा देशलाई सही बाटोतर्फ डो¥याउने पार्टीलाई सचेत तथा सजग बनाइ आमनेपाली जनताका मतदानबाट पार्टीले सरकार निर्माण गराउने विश्वास व्यक्त गरे ।
 
प्रदेश संयोजक इन्छापूर्ण राई र एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेललगायतले गरिबीको अन्त्य, रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रण गर्ने पार्टीलाई विजयी गराउनुपर्ने विचार राखे । अधिवेशनमा १४ जिल्लाका प्रतिनिधिको सहभागिता रहेको छ । रासस