मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पश्चिमी प्रतिबन्ध ‘विश्वका लागि खतरा’ : राष्ट्रपति पुटिन

पश्चिमी प्रतिबन्ध ‘विश्वका लागि खतरा’ : राष्ट्रपति पुटिन


स्को । युक्रेनमा जारी युद्धको बीचमा रुसमाथि पश्चिमी राष्ट्रहरूले लगाएका प्रतिबन्धहरू सम्पूर्ण विश्वका लागि खतरा भएको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले  बताएका छन् । रुसको भ्लादिभोस्तोकमा पूर्वी आर्थिक मञ्चमा सम्बोधन गर्ने क्रममा उनले सो धारणा राखेका हुन् ।    
 
रुसी राष्ट्रपतिले सोमबार नर्ड स्ट्रिम १ पाइपलाइनबाट जर्मनीमा ग्यासको बहाव पश्चिमा देशहरूले रुसमाथिको प्रतिबन्ध नहटाएसम्म पुनः सुरु नहुने बताएपछि उक्त टिप्पणी सार्वजनिक भएको अल जजीराले उल्लेख गरेको छ। 
 
यसैबीच, युरोपेली संघका मन्त्रीहरू रुसको ग्यास नियन्त्रण र चिसो मौसममा यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल गर्दैछन् । यद्यपि यस किसिमको छलफललाई मस्कोले अर्थहीन भनेर टिप्पणी गरेको छ । 
 
यसैबीच, चीनका लागि रुसी राजदूत आन्द्रे डेनिसोभले समाचार एजेन्सीहरूलाई राष्ट्रपतिद्वय पुटिन र सीले अर्को हप्ता उज्वेकिस्तानमा हुने क्षेत्रीय शिखर सम्मेलनमा भेट्ने बताएका छन् । 
 
फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि यो पहिलो प्रत्यक्ष भेट हुने अल जजीराले जनाएको छ । एएनआई