मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

बेलायतका प्रधानमन्त्री लिज ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिबद्धता

बेलायतका प्रधानमन्त्री लिज ट्रसद्वारा इन्धन मूल्य घटाउने प्रतिबद्धता


ण्डनबेलायतका नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले बढ्दो जीवनयापनको सङ्कटलाई कम गर्न घरेलु इन्धनको मूल्य नियन्त्रण गर्ने महंगो योजना सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
 
ट्रसले मंगलबार मात्र बोरिस जोनसनबाट पदभार ग्रहण गरेकी थिइन् । तर, कडा दबाबमा परेका घरपरिवार र व्यवसायहरूलाई मद्दत गर्न तत्काल कदम चाल्नुपर्ने आवाज उठिरहेका बेला उहाँले नागरिकको इन्धन मूल्य नियन्त्रणको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएकी छन् ।  
 
रिपोर्टका अनुसार यो योजनामा बेलायतको कोभिड–१९ कालीन रोजगार सहयोग योजनालाई उछिनेर १०० अर्ब पाउन्ड (११६ अर्ब अमेरिकी डलर) भन्दा बढी खर्च लाग्न सक्ने बताइएको छ । 
 
न त ट्रस न त उनको कार्यालयले नागरिकको पीडा बनेको इन्धन मूल्यबारे पुष्टि गरेको नभए पनि डाउनिङ स्ट्रिटले बुधबार राति मात्र प्रधानमन्त्रीले ‘साहसिक कार्य योजना’ ल्याउन लागेको बताएको छ । “मलाई थाहा छ देशभरिका परिवार र व्यवसायहरू यस शरद ऋतु र जाडोमा कसरी गुजारा चलाउने भनी चिन्तित छन्,” उनले भनिन् ।
 
उनले भनिन्, “युक्रेनमा रूसी नेता भ्लादिमिर पुटिनले घोषणा गरेको युद्ध र युरोपमा ग्यास आपूर्तिको हतियार विश्वव्यापी मूल्य वृद्धि गरिरहेको छ । यसले स्पष्ट पारेको छ कि हामीले हाम्रो दीर्घकालीन ऊर्जा सुरक्षा र आपूर्तिलाई बढावा दिनुपर्छ ।”
 
उनले भनिन्, “हामी इन्धन विधेयककासाथ मानिसहरू र व्यवसायहरूलाई मद्दत गर्न तुरुन्तै कदम चाल्नेछौँ तर यी समस्याहरूको मूल कारणलाई सम्बोधन गर्न निर्णायक कदम चाल्नेछौँ, ताकि हामी फेरि यो स्थितिमा आउन नपरोस् ।”
 
बेलायती घरपरिवारले अक्टोबरदेखि घरेलु विद्युत् र ग्यासको मूल्यमा ८० प्रतिशतले वृद्धिको सामना गरिरहेका छन्, जसका कारण लाखौँ मानिसले यो जाडोमा आफ्नो घर तताउन नसक्ने डर सिर्जना गरेको छ । युरोपमा इन्धन मूल्यमा जनवरीदेखि अझै वृद्धि हुने अनुमान गरिएको छ । एएफपी