मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

पल शाहलाई साढे दुई वर्ष कैद फैसला

पल शाहलाई साढे दुई वर्ष कैद फैसला


वलपुर । जबर्जस्ती करणी आरोपमा मुद्दा खेपेका अभिनेता पल शाहले जबर्जस्ती करणीको मुद्दामा सफाइ पाएका छन् । उनलाई नवलपुर जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिए पनि बाल यौन दुरूपयोगको अभियोगमा साढे २ वर्ष कैद सुनाएको छ । 
मंगलबार नवलपुर जिल्ला अदालतको २ नम्बर इजलासमा भएको फैसलामा न्यायाधीश यज्ञप्रसाद आचार्यले अभिनेता पल शाहलाई बाल गायिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा सफाइ दिँदै बाल यौन दुरूपयोगमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सुनाएका हुन् । 
त्यसैगरी, पल शाहले पीडित बालिकालाई १० लाख क्षतिपूर्ति र २५ हजार जरिवाना दिनुपर्ने फैसला गरेको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए । 
नवलपुर जिल्ला अदालतले जबर्जस्ती करणीमा सफाइ दिँदै बाल यौन दुव्र्यवहारमा दोषी ठहर गरे पनि तनहुँ जिल्ला अदालतको फैसला भने आउन बाँकी छ । तनहुँ जिल्ला अदालतले उनलाई सफाइ दिएको खण्डमा पनि अभिनेता शाह नवलपुर जिल्ला अदालतको आदेशमा कम्तीमा साढे २ बर्ष जेल बस्नुपर्ने छ । 
त्यसैगरी, नवलपुर जिल्ला अदालतले बाल गायिकाको अभिभावकले जाहेरी र अदालतमा दिएको बयान फरक गरेका कारण १ पटकलाई सचेत गराउने काम गरेको छ भने सञ्चारमाध्यमलाई पनि सत्यतथ्य बुझेरमात्रै समाचार सम्प्रेषण गर्न सचेत गराएको सूचना अधिकारी लालबहादुर क्षेत्रीले बताए ।