मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जिपी कोइराला फाउन्डेसनद्वारा आठ जना पत्रकारलाई स्वागत

जिपी कोइराला फाउन्डेसनद्वारा आठ जना पत्रकारलाई स्वागत


न्युयोर्क अमेरिका । जिपी कोइराला फाउन्डेसन अमेरिकाको न्युयोर्क उडसाइडस्थित कार्यालयमा एक विशेष भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न भएको छ । 
 
भेटघाटमा जिपी कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले अमेरिकी सरकारको आइभिएलपी प्रोग्राममा नेपालका विशेष पत्रकार आठ जना सबै प्रदेशवाट छनोट भएर २१ दिने Approaches to Identifying and Managing Disinformation कार्यक्रम Washington DC  हुदै विभिन्न क्तबतभ को कार्यक्रम सकेर बुधवार August 31 को बेलुका ७ बजे जिपी कोइराला फाउन्डेसन अमेरिकाको कार्यालयमा जिपी कोइराला फाउन्डेसन अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), केन्द्रीय बोर्ड अफ ट्रष्टीकी अध्यक्ष गीता खत्री र अनेसास केन्द्रीय सदस्य शकुन ज्ञवालीको संयुक्त आयोजनामा यो स्वागत एंव सम्मान कार्यक्रम सम्पन्न भयो। 
 
कार्यक्रममा यसै फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले बिमला भण्डारी (नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष एंव गिरिजाप्रसाद कोइराला फाउन्डेसन(केन्द्रीय सदस्यलगायत विशेष अतिथिहरु क्रमशः प्रमिला देवकोटा पिएचडी, नयाँ पत्रिकाकी सम्पादक र विदेश मामिला ब्यूरो प्रमुख, शिरोमणि ढुंगाना, नेपाल लाइभ टुडेका सम्पादक, जिना कार्की, नेपाल टाइम्सकी सामग्री निर्माता र प्रस्तुतकर्ता, प्रेमप्रसाद लामिछाने(न्ब्ःब् नेपालका निर्देशक, पृथ्वीमान श्रेष्ठ, द काठमाण्डू पोस्टका वरिष्ठ उपसम्पादक व्यापार ब्यूरो, बिमला तुम्खेवा, अध्यक्ष संचारिका समूह, दीर्घराज उपाध्याय, पश्चिम टुडेका प्रमुख सम्पादक, भ्रमणटोलीका सल्लाहकारद्वय डाक्टर कमल अधिकारी र सौभाग्यलाल श्रेष्ठलाई खादामाला लगाई स्वागत गर्नु भएको थियो र यस स्वागत कार्यक्रममा जिपी कोईराला फाउण्डेशन अमेरीकाका उपाध्यक्ष श्री सुवर्ण लामा, कार्यसमिती सदस्य द्वय ध्रुव कुवॅंर क्षेत्री र सुर्य सिमखडा को उपस्थिती रहेको थियो।
 
सो भेटघाट एवं छलफल कार्यक्रममा, जिपी कोईराला फाउण्डेशन आमन्त्रित केन्द्रीय सदस्य अम्बिर राज जोशी, समाजसेवीहरू क्रमशः बौद्धिक श्री राम खत्री, वकिल बिमल सापकोटा, श्री विरेन्द्र मानन्धर, श्री श्याम कार्की, श्री पासांग नोर्बु शेर्पा, श्री किरण पौडेल लगायतको उपस्थित रहेको थियो।
 
सो अवसरमा फाउन्डेशन अमेरिका च्याप्टरका अध्यक्ष श्री सोमनाथ घिमीरेले फाउन्डेशनका गतिविधि र आगामी कार्यक्रमवारे छलफल गर्दै हामी सबै एक भएर समाजसेवामा लाग्नु पर्छ र फाउन्डेशन अमेरिका च्याप्टरले गरेको कार्य र कृयाशीलता सारा विश्वले नियालीरहेको र आगामी दिनमा अझै ससक्त भएर लागीपर्ने बताए । 
 
यसै कार्यक्रममा नेपाली साहित्य समाज (अनेसास), केन्द्रीय बोर्ड अफ ट्रष्टीकी अध्यक्ष श्रीमती गिता खत्रीले श्रीमती बिमला भण्डारी(नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष एंव गिरीजाप्रसाद कोईराला फाउन्डेशन (केन्द्रीय सदस्य)लाई अनेसासले प्रदान गरेको नवरत्न पुरस्कार र नगद दुई सय डल्लर हस्तान्तरण गर्नु भयो भने यसै क्रममा श्रीमती बिमला भण्डारीले अनेसास केन्द्रीय सदस्य श्रीमती शकुन ज्ञवालीलाई रेडियो सफलता पोखराले सम्मान गरेको पुरस्कार नेपाल देखि यहा ल्याएर श्रीमती शकुन ज्ञवालीलाई हस्तान्तरे । 
 
सम्मान कार्यक्रम लगत्तै विशेष अतिथिहरू र उपस्थित सबैले आ-आफ्नो अनुभव साट्दै परिचयको कार्यक्रम रहेको थियो।
 
यसैगरी फाउन्डेशनकी केन्द्रीय सदस्य एंव नेपाल पत्रकार महासंघ कास्कीकी अध्यक्ष श्रीमती बिमला भण्डारीले फाइन्डेशन अमेरिका च्याप्टरले गरेको कार्य र कृयाशीलता सारा विश्वले नियालीरहेको र एक गर्व गर्नलायक भएकोमा फाउन्डेशन को केन्द्रीय सदस्यको हैसीयतले आफु हर्षविभोर भएको कुरा प्रष्ट पारे । एक पत्रकार भएको नाताले आफूले यस भ्रमणवाट पत्रकारिता वारे सिकेका कुराहरु नेपालको पत्रकारिता क्षेत्रमा अवश्यै केही टेवा पुग्ने छ भन्ने आफुलाई लागेको छ । 
 
समाजसेवी वीरेन्द्र मानन्धरले आफूहरू फाउन्डेशनसँग हातेमालो गर्दै न्युयोर्क, अमेरीका र समग्र नेपाल र नेपालीको हकहितका खातिर जस्तोसुकै कदम चाल्नपनी  तयार रहेको बताए । यसैगरी अर्का समाजसेवी श्री श्याम कार्कीले नेपालको शीर उच्च राख्न प्रवासमा रहेका नेपालीहरू लागीपरेको र आगामी दिनमा सबै नेपालीभाषीहरू एक भै नेपाललाई चिनाउन लागिपर्नेमा जोड दिइ ।  
 
यसैगरी संयुक्त राष्ट्रसंघमा कार्यरत समाजसेवी श्री किरण पौडेलले आफुले आफ्नो व्यक्तिगत र संस्थागत क्षमताले भ्याएसम्म नेपाल र नेपालीजनको चौतर्फी हकहितमा डटेर लाग्ने विश्वास दिलाए। 
 
फाउन्डेशनका उपाध्यक्ष श्री सुवर्ण लामाले आफुले गिरीजावावुले भनेझैं सहमती, सहकार्य र एकताको वाटोहुँदै विश्वंभर छरिएर रहेका समस्त नेपालीजनको हकहितमा जीवन समर्पित गरेको र फाउण्डेशन अमेरीका च्याप्टरले “सेवा नै धर्म हो” को अभियानमा सामाजिक कार्यहरु गर्दै आएको वताउनुभयो।
 
अन्त्यमा कार्यक्रम सफल पारीदिनुहुने समस्त अतिथिगणलाई धन्यवाद टक्र्याउँदै फ़ाउन्डेसनका कार्यसमिती सदस्यद्वय ध्रुव कुवॅंर क्षेत्री र सूर्य सिमखडाले फाउन्डेशन अमेरीका च्याप्टरले कोरोना कहर लगायत विपदमा रहेका जोसुकैलाई निष्पक्ष सहयोग गर्दै आएको र आगामी दिनहरूमा अझ सशक्त ढंगले लागीपर्ने र नेपाललाई विश्वसामु चिनाउन सबैलाई एकताको मालामा ल्याउन फाउन्डेशनको अझ दर्विलो भुमीका रहने विश्वास दिलाए । 
 
बिमला भण्डारीको जन्मदिन पनि आजै परेकोले सबै उपस्थित अतिथिगणहरुले उनलाई जन्मदिनको सु(स्वास्थ एवं उत्तरोत्तर प्रगतिको कामना गरे ।