मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

दुर्घटनामा परेका पत्रकारलाई एकलाख रुपैयाँ हस्तान्तरण

दुर्घटनामा परेका पत्रकारलाई एकलाख रुपैयाँ हस्तान्तरण


सुनसरी । नेपाल प्रेस युनियन सुनसरीले दुर्घटनामा परेका पत्रकार मनोज दाहाललाई एक लाख रुपैयाँ हस्तान्तरण गरेको छ । 
 
प्रेस युनियनले तरहरा एफएममा कार्यरत पत्रकार दाहाललाई शनिबार रकम हस्तान्तरण गरेको हो । दाहाल एक महिनाअघि दुर्घटनामा परेका थिए । 
 
पत्रकार दाहाललाई नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलले दुर्घटना बिमाबापतको एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । 
 
पत्रकार दाहालको घरमै पुगेर रकम हस्तान्तरण गरिएको थियो । सो क्रममा केन्द्रीय अध्यक्ष पोखरेलले संस्था आपद्विपद् पर्दा नै चाहिने हुँदा पत्रकारका निम्ति समुदाय वा संस्थाले अप्ठ्यारो परेकै बेला सहयोग गर्नु सबैभन्दा ठूलो सम्पति भएको बताए । बिमाले उपलब्ध गराएको रकमले सबै उपचार सम्भव नभए पनि संस्था साथै रहेको अनुभूति गर्नु महत्त्वपूर्ण रहेको उनले बताए ।
 
दुर्घटनामा परेका पत्रकार दाहालले आफू दुर्घटना भएपश्चात अस्पतालमा भर्ना भएकै दिनदेखि प्रेस युनियन सुनसरीले सहयोग गरेको स्मरण गरे ।

  

 
सो क्रममा नेपाल युनियन सुनसरी अध्यक्ष पवन अधिकारीले आफूले युनियनको नेतृत्व सम्हालिसकेपछि पत्रकारितामा सक्रियहरूको हितको निम्ति काम गरिरहेको बताए ।
 
रकम हस्तान्तरणका क्रममा नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष विकास न्यौपानेले समस्यामा परेका नेपाली पत्रकारहरुलाई नेपाल पत्रकार महासंघको सिफारिसमा सहयोग गर्ने गरेको जानकारी दिए । 
 
प्रेस युनियन सुनसरीले अजोड इन्स्योरेन्ससँग सहकार्य गरी दोस्रो चरणमा जिल्लाका २७४ जना सञ्चारकर्मीहरूको दुर्घटना बिमा गरेको जानकारी दिइयो । प्रेस युनियनले कोरोना महामारीका बेला ३० जना सञ्चारकर्मीलाई ३० लाख रुपैयाँसमेत हस्तान्तरण गरेको थियो ।