मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

जासुसीको आरोपमा रूसी र युक्रेनी नागरिक पक्राउ

जासुसीको आरोपमा रूसी र युक्रेनी नागरिक पक्राउ


ल्बानिया । दक्षिणी अल्बानियास्थित एक सैन्य केन्द्रमा जासुसी गरेको आरोपमा दुई जना रूसी र एक युक्रेनीलाई पक्राउ गरिएको छ । 
   
अल्बेनियाली रक्षा मन्त्रालयका अनुसार २४ वर्षीय एम।जेड भनेर चिनिने रूसी नागरिकलाई राजधानी तिरानाबाट ८० किलोमिटर दक्षिणमा रहेको ग्रामसस्थित सैन्यकेन्द्रको मैदानमा प्रवेश गरी फोटो खिच्ने क्रममा पक्राउ गरिएको हो । गिरफ्तारीको प्रतिरोधका क्रममा निजले ‘नियो–प्यारालाइजिङ स्प्रे’ प्रहरी गरी दुई जना सैनिक सुरक्षाकर्मीलाई घाइते बनाएको छ । उनीहरूकौ सैनिक अस्पतालमा उपचार भइरहेको छ । 
 
एस।टी नाम गरेकी ३३ वर्षकी रूसी महिला र एफ। ए ले परिचित २५ वर्षीय युक्रेनी नागरिकलाई उनीहरू सवार गाडीसहित केन्द्रबाहिरबाट पक्राउ गरिएको हो । सैनिक प्रहरी, सेनाको गुप्तचर प्रहरी र नागरिक तथा आतङ्क प्रतिरोध प्रहरीले उनीहरूविरूद्धको मुद्दामा समन्वय गरिरहेको तथा सम्बन्धित निकायसँगको समन्वयमा अनुसन्धान गरिने रक्षा मन्त्रालयको विज्ञप्तिमा जनाइएको छ । 
 
सन् १९६२ मा स्थापना भएको ग्रामस मिलिटरी प्लान्टले एके–४७ राइफल उत्पादन गथ्र्यो तर सन् १९९० मा साम्यवादको पतनपछि यसले राइफल  उत्पादनको सट्टा पुराना हतियारहरू मर्मत गर्दै आएको छ ।

सन् २००९ मा उत्तर एटलाण्टिक सन्धी सङ्गठन (नाटो) को सदस्याता लिएको अल्बानियाले युक्रेनमाथि रूसले गरेको हमालाको विरोध गर्दै आएको छ भने युरोपेली सङ्घ र संयुक्त राज्य अमेरिकाले मस्कोमाथि लगाएको प्रतिबन्धको समर्थन गरेको छ । एपी