मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

न्युयोर्कमा भव्यताका साथ मनाइयो अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस

न्युयोर्कमा भव्यताका साथ मनाइयो अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस


न्युयोर्क । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आयोजनामा २८औँ अन्तर्राष्ट्रिय विश्व आदिवासी दिवस संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा भव्यताका साथ मनाइएको छ । फिप्नाको १८ वटा सदस्य संस्थाहरु सहआयोजक थिए । 
 
नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) का महासचिव टोमा लामाले ‘हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो पहिचान’, ‘आदिवासी ज्ञानको संरक्षण र पुस्तान्तरणमा आदिवासी महिलाको भूमिका’ भन्ने मूल नारालाई उद्घोष गर्दै सञ्चालन गरेको कार्यक्रममा फिप्नाको अध्यक्ष राजकुमार बिष्टको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 
कार्यक्रमको प्रमुख अतितिको रुपमा संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि महामहिम राजदूत अमृतबहादुर राई थिए भने विशेष अतिथिहरुमा नेपाल कन्सुलेट जनरल न्यूयोर्कका वाणिज्य दूत गणेश आधिकारी, न्यूयोर्क राज्य विधानसभा जिल्ला ३८ का सदस्य जेनिफर राजकुमार, नेपाल आदिवासी जनजाति अन्तर्राष्ट्रिय महासंघका अध्यक्ष मानबहादुर राना मगर थिए ।
 
कार्यक्रममा प्रमुख अतिथि राईले आदिवासी जनजातिको विश्व परिवेश, विकाश र महत्त्वको चर्चा गर्दै नेपाल सरकार पनि आदिवासी जनजातिको विकास, उत्थान र सहभागिताका लागि प्रतिबद्ध रहेको बताए । उनले नेपालको संवैधानिक व्यवस्था र नीति नियमहरुसमेत आदिवासी जनजातिको पक्षमा रहेको बताए ।  
 
विशेष अतिथि नेपाल कन्सुलेट जनरल न्युयोर्कका  वाणिज्यदूत गणेश अधिकारीले आदिवासी उत्थान र आवाजका ज्ञापनपत्रहरुलाई नेपाल सरकारसम्म पुर्‍याउने र सुनुवाइ लागि भूमिका खेल्ने बताए ।

 
अतिथिहरुमा न्यूयोर्क सहर मेयर एरिक आडम्सको एसिया मामिला सल्लाहकार बोर्ड सदस्य र College Point Civic & Taxpayers Association का अध्यक्ष नवराज केसी, विदेशी अथितिहरुमा Democratic Nominee for Assembly District 30 का Steven Raga, Member of New York City Council District 26 का Julie won को प्रतिनिधि chief of Staff Farah, Queens Community Board 2 का Chair person Morry Galonoy को प्रतिनिधि Danielle Asian advisory Council of City Mayor office/ council board district -3 का सल्लाहकार Potri Ranka Manis लगायतका अतिथिहरुले  मन्तव्य राखेका थिए । कार्यक्रमा विभिन्न आदिवासी समुदायको मौलिक नृत्यहरुको प्रस्तुतिले कार्यक्रममा थप रौनक थपिएको थियो ।
 
औपचारिक कार्यक्रम सुरु हुनुअघि विभिन्न आदिवासी जनजाति सम्वद्ध संघसंस्थाहरुले न्युयोर्क सहरको ज्याक्सन हाइटबाट आआफ्नो भेषभूषामा झाँकीसहितको र्‍यालीसहित कार्यक्रम स्थल आएका थिए ।