मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

‘पुटिन र सी चिनफिङ बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने’

‘पुटिन र सी चिनफिङ बालीमा हुने जी–२० शिखर सम्मेलनमा सहभागी हुने’


न्डोनेसिया । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङले बालीमा हुन लागेको जी–२० शिखर सम्मेलनको सहभागी हुने बताएका छन् ।  
 
विडोडोले ब्लुमबर्गसँग भने, “सी जिनपिङ आउनुहुनेछ । राष्ट्रपति पुटिनले पनि आफू आउने बताउनु भएको छ ।” 
 
अमेरिका र उसका पश्चिमी सहयोगी कतिपय मुलुकहरूले रूसी नेता पुटिनले यूक्रेनमा एकतर्फीरूपमा युद्ध चलाएको बताउँदै उनी सहभागी मञ्चलाई आफूहरूले बहिस्कार गर्नसक्ने बताएका थिए भने तीनै मुलुकका केही नेताहरूले जी–२० सम्मेलनमा नगएर रूस र चीनलाई एकतर्फी आफ्ना कुरा राख्न दिन नहुने बताउँदै सम्मेलनमा सहभागिता जनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
 
पछिल्लो समय अमेरिका र चीनबीच ताइवान बिषयलाई लिएर तनाव बढिरहेका समय यो उच्चस्तरीय सम्मेलन हुन लागेको हो । 
 
चीन र अमेरिकाबीच व्यापार, मानव अधिकार, ताइवानलगायतका विभिन्न विषयमा द्वन्द्व हुँदै आएको छ । यसैबीच, युक्रेनमा जारी युद्धले अमेरिकी नेतृत्वको पश्चिमी समूह र मस्कोबीच दरार बढाएको छ । एएनआई

शेयर गर्नुहोस:

81
Shares