मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अबको निर्वाचनमा मोदीकै रणनीति अपनाउने राहुल गान्धीको योजना

अबको निर्वाचनमा मोदीकै रणनीति अपनाउने राहुल गान्धीको योजना


याँ दिल्ली । भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने भएका छन् ।
 
उनले आगामी सन् २०२४ मा हुने निर्वाचनका लागि अहिले विभिन्न सरोकारवालाहरू तथा विज्ञहरूसँग परामर्श गर्ने क्रममा यो योजना सुनाएका हुन् । 
 
भारतीय राष्ट्रिय कांग्रेसका पूर्वअध्यक्षसमेत रहेका नेता गान्धीले अन्य विज्ञ तथा सरोकारवालाहरूसँग पनि चरणबद्ध रुपमा छलफल गर्ने तयारी गरेको जनाइएको छ ।
 
मोदी नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको र त्यही विषयलाई आगामी निर्वाचनको मुख्य एजेण्डा बनाउने उनको भनाइ छ ।
 
सन् २०१४ मा भारतीय जनता पार्टीले पनि तत्कालीन मनमोहन सिंह नेतृत्वको सरकारले धेरै भ्रष्टाचार गरेको भन्दै त्यसैलाई मुख्य एजेण्डा बनाएको थियो ।
 
आगामी निर्वाचनका लागि पार्टीको तर्फबाट गर्नुपर्ने तयारीका बारेमा गान्धीसँगै अन्य नेताहरूले पनि आन्तरिक छलफललाई तीव्रता दिएका छन् । एएनआई