प्रवास / विश्व

ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका

प्रकाशित |
बेइजिङ । अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेइ भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ । 
 
ताइवानको लोकतन्त्रप्रति समर्थन जनाउन साङ्केतिक प्रयासस्वरुप वासिङ्टनले चीनको स्वशासित क्षेत्र ताइवानसँग विस्तृत व्यापार सन्धिका निम्ति वार्ताको योजना बनाएको हो । सभामुख पेलोसीको भ्रमणपछि ताइवानलाई तर्साउन बेइजिङले समुद्रमा मिसाइल प्रहारको सैन्य अभ्यास गरेपछि बिहीबार वासिङ्टनले व्यापार वार्ताको घोषणा गरेको हो ।
 
अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले बेइजिङसँगको तनावबारे केही उल्लेख गरेको छैन । तर, व्यापार र नियामक सहयोग बढाउन औपचारिक वार्ता हुन लागेको बताएको छ । 
 
एशिया–प्रशान्त क्षेत्रका लागि राष्ट्रपति जो बाइडेनका संयोजक कर्ट क्याम्पबेलले गत साता ताइवानसँगको अमेरिकी सम्बन्धलाई सघन बनाउने प्रयासस्वरूप व्यापार वार्ता हुनलागेको गत साता सञ्चारकर्मीलाई बताएका थिए । उनले ताइवानप्रतिको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि स्पष्ट गरेका थिए ।
 
संयुक्त राज्य अमेरिकाको ताइवानसँग कुनै आधिकारिक सम्बन्ध छैन तर यसको अनौपचारिक दूतावासको काम ताइवानस्थित अमेरिकन इन्स्टिच्युटले गर्दै आएको छ । वासिङ्टनले चीन र ताइवानको हैसियतमा कुनै अडान नराख्ने तर उनीहरूको विवाद शान्तिपूर्णरूपमा समाधान गर्न चाहेको बताएको छ ।    
 
सन् १९४९ को गृहयुद्धपछि चीन र ताइवान विभाजन भएका थिए तर चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेर ‘एक राष्ट्र दुई प्रणाली’अनुसार त्यहाँ चिनियाँ शासन प्रणाली लागू गरेको छ । बेलाबेलामा बेइजिङले आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने चेतावनी पनि दिँदै आएको छ । 
 
अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । उसले ताइपेइलाई चीन सरकारको रूपमा मान्यता पनि दिएको छ तर ताइवानसँग अनौपचारिक रक्षालगायत अन्य सम्बन्धलाई पनि कायम राखेको छ । एपी 

हिमालय खबर

हिमालय खबर -

थप »

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया