मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

आतङ्कवादी हमलाबाट मारिएका र घाइतेहरुलाई कहिल्यै बिर्सन हुँदैन : राष्ट्रसङ्घका महासचिव गुटर्रेस

आतङ्कवादी हमलाबाट मारिएका र घाइतेहरुलाई कहिल्यै बिर्सन हुँदैन : राष्ट्रसङ्घका महासचिव गुटर्रेस


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले आतङककादी क्रियाकलापका कारण घाइते र ज्यान गुमाएका व्यक्तिहरुलाई कहिल्यै पनि बिर्सन नहुने बताएका छन् । 
 
यस्ता हिंसात्मक हमलामा परेर ज्यान गुमाएका व्यक्तिलाई बिर्सन नहुने तथा यस्ता आक्रमणमा परेर बाँचेका मानिसहरुका आवाज सधैँ सुन्नुपर्ने महासचिव गुटर्रेसले बताएका हुन् । 
 
आतङ्कवादी हमलामा परेर ज्यान गुमाएका र घाइते भइ बाँचेकाहरुको स्मरणमा हरेक वर्ष अगष्ट २१ मा मनाइने अन्तर्राष्ट्रिय दिवसका अवसरमा दिएको एक भिडियो सन्देशमा उहाँले सो कुरा बताएका हुन् । 
 
यस दिन हिंसात्मक हमलामा परेर ज्यान गुमाएका परिवारका सदस्य तथा घाइतेहरुका आवाज सुन्ने र उनीहरुको पिरमर्काहरु सबैले मनन गर्नुपर्ने उहाँले बताए । 
 
आतङ्ककारी हमलामा परेर बाँचेका मानिसहरुका समस्या सुनेर उनीहरुलाई बाँकी जीवनमा ससम्मान बाँच्ने अवसर प्रदान गर्ने र समाजमा उनीहरुको अधिकारको संरक्षण गरी न्याय दिलाउने काममा पनि लाग्नुपर्ने उनले बताएका छन् । 
 
सो सन्देशमा उनले विश्वका सरकारहरुलाई यस्तो हिंसामा परेर ज्यान बचाएका व्यक्तिहरुको हकअधिकारको संरक्षण र सम्व्द्धनका लागि काम गर्न पनि आग्रह गरेका छन् । 
 
यस्ता व्यक्तिहरुको सम्मानका लागि विश्वका सबै नागरिकले एक भएर काम गर्नुपर्ने भन्दै महासचिव गुटर्रेसले यसका साथै दोषीमाथि कारबाही गर्न र आगामी दिनमा यस्ता हिंसाका घटना हुन नदिनका लागि सबैको सहकार्य आवश्यक रहेको पनि सो सन्देशमा बताएका छन् । सिन्ह्वा