मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

उत्तर कोरियाद्वारा दुई वटा क्रुज क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा दुई वटा क्रुज क्षेप्यास्त्र प्रहार


सो । उत्तर कोरियाले बुधबार दुई वटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको सोलको रक्षा मन्त्रालयले जनाएको छ । यस वर्ष प्योङयाङको एक महिना लामो समयदेखि क्षेप्यास्त्र प्रहार रोकिएको बताइएको छ ।
 
‘बुधबार बिहान उत्तर कोरियाले दक्षिण प्योन्गान प्रान्तको ओन्चोनबाट पश्चिम सागरमा दुईवटा क्रुज क्षेप्यास्त्र प्रहार गरेको छ,’ मन्त्रालयका एक अधिकारीले एएफपीलाई जानकारी दिएका छन् । 
 
उत्तर कोरियाले जनवरीदेखि संयुक्त राष्ट्रसङ्घद्वारा प्रतिबन्ध क्रुज क्षेस्यास्त्र परीक्षण नगरेको योन्हाप समाचार  समितिले जनाएको छ । उत्तर कोरियाले सन् २०१७ यता पहिलो पटक पूर्ण दायरामा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल प्रहारसहित जनवरीदेखि नै प्रतिबन्धहरू तोड्ने परीक्षणहरू गरेको छ । रासस
 

शेयर गर्नुहोस:

108
Shares