मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

बेलायतद्वारा ओमिक्रोन उपचारका लागि मोडर्नाको नयाँ खोपलाई अनुमति प्रदान

बेलायतद्वारा ओमिक्रोन उपचारका लागि मोडर्नाको नयाँ खोपलाई अनुमति प्रदान


न्डन । बेलायतको औषधि नियामक निकायले सोमबार कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई उपचार प्रयोगका लागि स्वीकृति दिएको छ ।
 
‘मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ले एक विज्ञप्ति जारी गर्दै बेलायती नियामकको सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड पूरा गरेको पाइएपछि वयस्कका लागि खोपको अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति दिएको जनाएको छ । बेलायती नियामक निकायले स्वीकृत गरेको यो पहिलो ‘बाइभ्यालेन्ट’ कोभिड–१९ खोप हो ।
 
उक्त निकायका प्रमुख कार्यकारी जुन राइनले क्लिनिकल परीक्षणको तथ्याङ्कले यसले मूल भाइरस र ओमिक्रोनविरुद्ध ‘बलियो प्रतिरक्षा प्रतिक्रिया’ लाई प्रेरित गरेको देखाएको बताए । 
 
सन् २०१९ को अन्त्यतिर चीनमा पहिलो पटक लागेको कोभिडबाट अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या कम गर्न खोपले मद्दत गरेको भए तापनि हालको खोप मुख्यतया रोगको पहिलेको स्ट्रेनलाई लक्षित गरिएको छ । 
 
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गत जुलाईमा ओमिक्रोन उपप्रजातीको फैलावट र नियन्त्रणका उपायहरू हटाइएका कारण अझै महामारी अन्त्य नभएको बताएको थियो । एएफपी
 

शेयर गर्नुहोस:

81
Shares