मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

पूर्वी जेरुसेलममा इजरायली प्रहरीद्वारा प्यालेस्टिनीको हत्या

पूर्वी जेरुसेलममा इजरायली प्रहरीद्वारा प्यालेस्टिनीको हत्या


जेरुसेलम । इजरायली सुरक्षाबलले सोमबार बिहान पूर्वी जेरुसेलममा अवस्थित एक घरमा छापा मार्ने क्रममा आफ्ना अधिकारीहरूलाई छुरा प्रहार गर्ने एक प्यालेस्टिनी व्यक्तिलाई मारेको बताएको छ  ।
 
हाम्रा लडाकूहरूलाई छुरा प्रहार गर्ने एक संदिग्ध व्यक्तिलाई पुलिसले गोली प्रहार गरेको छ ।  मारिएका ती व्यक्ति २१ वर्षीय मोहम्मद अल–शाहम, पहिचान भएको आधिकारिक प्यालेस्टिनी समाचार एजेन्सी वाफाले जानकारी दिएको छ । 
 
ती व्यक्तिको इजरायली सैन्य अस्पतालमा मृत्यु भएको जनाइएको छ । जेरुसेलम सीमा प्रहरीले काफ्र अकाब गाउँमा हतियारहरू खोजीका क्रममा छापा मारेको थियो । 
 
यो इजरायलले कब्जा गरेको पूर्वी जेरुसेलमको हिस्सा हो ।  मारिएका व्यक्तिका बुबा, इब्राहिम अल–शाहमले छोराको टाउकोमा गोली हानेको बताएका छन् । 
 
उनको मृत्युको घोषणा गर्नुअघि ४० मिनेटको लागि भुइँमा रगत बगाएर छोडेका बुबा इब्राहिमले दाबी गरेका छन् । प्रहरीले घरमा हतियार फेला पारेको हो वा होइन यस विषय केही जानकारी नभएको जनाइएको छ । एएफपी