मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

साहित्य / कला   

साहित्य, सङ्गीत र कलाबिना मुलुक पूर्ण हुन सक्दैन : प्रधानमन्त्री

साहित्य, सङ्गीत र कलाबिना मुलुक पूर्ण हुन सक्दैन : प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले साहित्य, सङ्गीत, कला मुलुकको अमूल्य गहना भएको बताएका छन् ।  
 
पूर्वराजदूत प्रतिभा राणाको नेपाली कवितासङ्ग्रह ‘गहिराइ’ र अङ्ग्रेजी कृति ‘कर्टेन अफ माया’ को विमोचन समरोहमा प्रधानमन्त्री देउवाले साहित्य, सङ्गीत र कलाबिना समाज र देश पूर्ण हुन नसक्ने बताए । 
 
त्यसैले ती क्षेत्रको विकासका लागि विभिन्न प्रतिष्ठान स्थापना गरी सरकारले विभिन्न कामहरु अघि बढाएको उनले जानकारी दिए । प्रधानमन्त्री देउवाले नेपाली भाषा, साहित्य, वाङ्मय हिजोको तुलनामा समृद्ध हुँदै गएको स्मरण गरे । 
 
“कथा, कविता, उपन्यास, नियात्रा, समालोचनालगायत सबै विधामा नेपाली भाषाका उत्कृष्ट सिर्जना हुन थालको छ”, प्रधानमन्त्री देउवाले भने, “नेपाली साहित्यलाई थप परिस्कृत र परिमार्जित गर्दै विश्व साहित्यसँग प्रतिस्पर्धा गर्नसक्ने बनाउनु आवश्यक छ ।”
 
उनले नेपाली साहित्यको विकासमा लाग्न साहित्यकारलाई आग्रह पनि गरे । त्यसका लागि सरकारले आवश्यक सहयोग गर्ने विश्वास पनि दिलाए ।
 
असल साहित्यले मानिसलाई भित्रबाटै अभिप्रेरित गर्ने, मानिसको सोचाइलाई फराकिलो र जीवनलाई अर्थपूर्ण बनाउन सहयोग पु¥याउने उनले उल्लेख गरे । 
 
प्रधानमन्त्री देउवाले मुलुकमा पुरुष साहित्यकारको वर्चस्व रहेको सन्दर्भमा महिला साहित्यकारको उपस्थिति बढ्दै गएकोमा खुसी व्यक्त गरे । उनले नेपाली साहित्यले गहिराइ समेट्न थालेकोमा प्रशंसा पनि गरे ।
 
उनले राजनीतिक र सामाजिक व्यक्तित्वका रूपमा परिचित लेखक प्रतिभा राणा कुशल साहित्यकार रहेको कुरा आज मात्रै जानकारी प्राप्त भएको बताए । 
 
समारोहमा समालोचक प्रा डा ज्ञानु पाण्डे र समालोचक राम लोहनीले कृतिको बारेमा टिप्पणी गरेका थिए । साहित्यकार पाण्डेले काव्य संवेदनशील भएको भन्दै राणाले साहित्य लेखन किन ढिलाइ गर्नुभएको भनी प्रश्न गरे ।
 
लेखक राणाले यी दुई कृति आफूले २१ वर्षको उमेरदेखि लेखेको कविताको सङ्गालो भएको बताए । यस कृतिमा मानवीय जीवनका प्रेम, गाथा, प्राकृतिक सौन्दर्य, ईश्वरीय देनलगायतका विविध विषय समावेश भएको उनले बताए । रासस