मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४० दल दर्ता

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ४० दल दर्ता


काठमाडौँ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार अपराह्नसम्म विभिन्न ४० राजनीतिक दलले दल दर्ता गराएका छन् । 
 
राष्ट्रिय मान्यता प्राप्त नेकपा (एमाले), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेकपा (एकीकृत समाजवादी) लगायत दलले आसन्न निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ता गराएको आयोगले जनाएको छ । 
 
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिनका लागि यही साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि आह्वान गरेको छ । सार्वजनिक बिदाका दिन पनि आयोगको कार्यालय खुला रहने र निर्वाचनसँग सम्बन्धित काम नियमितरुपमा सम्पादन हुने जनाइएको छ । 
 
यही साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भाग लिन आयोगमा दल दर्ता गर्नुपर्छ ।

आज शनिबार पनि दल दर्ता गर्ने क्रम चलिरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । 

 
कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गर्ने
 
नेपाली कांग्रेस, केन्द्रीय कार्यसम्पादन समितिको शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको छ ।   
 
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा शनिबार बसेको बैठकले आगामी मङ्सिर ४ गते आइतबार सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचनमा प्रणाली र समानुपातिक निर्वाचनमा भाग लिन पार्टीलाई निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको हो ।  
 
नेपालको संविधानको धारा २७१ तथा राजनीति दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम निर्वाचन आयोगमा दल दर्ता गर्न पार्टीले नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको  छ । 
 
बैठकले महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रस्तावलाई सर्वसम्मतिले परित गर्दै पार्टीका तर्फबाट उम्मेदवार हुने व्यक्तिलाई मनोनयनको औपचारिक पत्र प्रदान गर्ने जिम्मेवारी पार्टी सभापति शेरबहादुर देउवालाई सुम्पिएको छ ।  
 
पार्टीका मुख्यसचिव पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीको विधानको धारा ३२ (८) (क), (ख), (ग) बमोजिम तथा प्रदेशसभा सदस्यको प्रत्यक्ष र समानुपातिकतर्फको उम्मेदवारीका लागि पार्टी विधानको धारा ३२ (७) (क), (ख), (ग) र (घ) अनुसारको प्रक्रिया पु¥याई उम्मेदवारको नाम प्रस्ताव र सिफारिस गर्नका लागि पार्टीको सम्बन्धित निकायलाई उपयुक्त समयमा केन्द्रीय कार्यालयमार्फत निर्देशन दिनुका साथै पार्टीको  निर्वाचन केन्द्रित राष्ट्रियव्यापी कार्यक्रम भदौ १० देखि २४ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको छ । रासस