मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

जनतालाई कांग्रेस र कम्युनिस्टको चक्रब्यूहबाट निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

जनतालाई कांग्रेस र कम्युनिस्टको चक्रब्यूहबाट निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई कांग्रेस र कम्युनिस्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् ।
 
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले मुलक तीन दशकदेखि कांग्रेस र कम्युनिस्ट पार्टीको चक्रब्यूहमा रहेको र अहिलेको निर्वाचनबाट त्यसलाई तोड्नुपर्ने बताएका हुन् ।
 
‘नेपाली जनता जो ३ दशकदेखि कांग्रेस कम्युनिस्टको चक्रब्यूहमा फसेका छन् । देश यिनीहरुको चक्रब्यूहमा फसेको छ । त्यसबाट निकाल्ने अवसरको रुपमा यसलाई दुरुपयोग गर्नुपर्छ’ उनले भने ।
 
उनले मुलुकलाई चक्रब्यूहबाट बाहिर निकाल्न राप्रपाको चुनाव चिह्नलाई साझा चुनाव चिह्नका रुपमा उपयोग गर्न पनि प्रस्ताव गरेका छन् ।