मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

प्यालेस्टिनी बालबालिकाको हत्याप्रति राष्ट्रसंघको चिन्ता

प्यालेस्टिनी बालबालिकाको हत्याप्रति राष्ट्रसंघको चिन्ता


मेरिका । इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनाहरुमा यस वर्षको सुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्तिमा बताएकी छन् । 
 
‘द्वन्द्वको क्रममा कुनै पनि बालबालिकालाई चोट पुर्‍याउनु गहिरो चिन्ताजनक कुरा हो र यसवर्ष धेरै बालबालिकाको हत्या र अपाङ्गसमेत पारिएको अव्यावहारिक हो,’ अल जजीराले ब्याचेलेटलाई उद्धृत गर्दै जनाएको छ । 
 
गत हप्ता मात्रै कब्जा गरिएको प्यालेस्टाइन क्षेत्रमा १९ प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको थियो, यस वर्षको सुरुदेखि हालसम्म बालबालिकाको मृत्यु हुनेको संख्या ३७ पुगेको छ । 
 
गत साताको अन्त्यमा इजरायली सेनाले गाजामा गरेको आक्रमणमा १७ जना बालबालिकाको मृत्यु भएको थियो । मङ्गलबार कब्जा गरिएको वेस्ट बैंकमा इजरायली कारबाहीमा थप दुई बालबालिका मारिएका अल जजीराले जानकारी दिएको छ । गाजामा इजरायली आक्रमणमा भारी सङ्ख्या सर्वसाधारण माएिका संयुक्त राष्ट्र सङ्घका मानव अधिकार प्रमुखले बताउकी छन् । 
 
नागरिकहरुलाई मार्ने, घाइते पार्ने वा नागरिकका वस्तुहरुलाई क्षति पु¥याउने अन्तर्राष्ट्रिय मानवीय कानूनमा निषेध गरिएको छ । शुक्रबारदेखि आइतवारसम्मको तीन दिनको आक्रमणमा मारिएका ४८ प्यालेस्टाइनीहरूमध्ये कम्तीमा २२ जना सर्वसाधारण रहेका र ती मध्ये  १७ बालबालिका र चार महिला भएका संयुक्त राष्ट्र मानव अधिकार कार्यालयले पुष्टि गरेको  छ । 
 
इजरायली आक्रमणमा १५१ बालबालिका, ५८ महिला र १९ वृद्धवृद्धासहित सर्वसाधारण नागरिक घाइते भएका छन् । रासस/एएनआई