मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

अस्मिता अधिकारीको गीत ‘ढल्केला ढल्केला’ को म्युजिक भिडियो सार्वजनिक

अस्मिता अधिकारीको गीत ‘ढल्केला ढल्केला’ को म्युजिक भिडियो सार्वजनिक


काठमाडौँ । लोकप्रिय गायिका अस्मिता अधिकारीको नयाँ गीत ढल्केला ढल्केलाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
 
गायक कमल खत्री र अनिता लिम्बुको शब्द, संगीत रहेको गीतको भिडियोमा लन्डन निवासी चर्चित मोडेल अनिता लिम्बुलाई हट अवतारमा प्रस्तुत गरिएको छ । 
 
कुशल श्रेष्ठको सिनेमाटोग्राफी, सम्पादन र निर्देशनमा बनेको ढल्केला ढल्केलाको भिडियोलाइ मोडेल एवं सोही भिडियोकी निमात्री अनिता लिम्बुको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 
 
साथै गीतको उत्कृष्ट टिकटक भिडियो बनाउनेलाई रु दश हजार पुरस्कार पनि प्रदान गरिने निमात्री लिम्बुले जानकारी दिइन् । जसको लागि भिडियो बनाएर टिकटक एकाउन्ट anitalimbu83 मा इनबक्स गर्नुपर्ने छ ।
 
लन्डनमा आयोजना हुने अधिकांश र्‍याम्प सोहरुमा विदेशी मोडलहरुसँग मजाले प्रतिस्पर्धा गरेर नेपालीको पहिचान राख्दै थुप्रै उपाधिहरु पनि जितिसकेकी मोडेल अनिता लिम्बुले यसअघि पनि म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्  ।

हेर्नुहोस् भिडियो >>