मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

सामुदायिक विद्यालयको गुणस्तर निजीसमान बनाउँछौँ : रवि लामिछाने

सामुदायिक विद्यालयको गुणस्तर निजीसमान बनाउँछौँ : रवि लामिछाने


हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपालमा सञ्चालित उद्योगधन्दा, कलकारखाना बन्द गराउने दलगत संयन्त्रको हिसाबकिताब अब बन्द रहेको खाता खोलेरै हुने बताएका छन् । 
शुक्रबार बाग्मती प्रदेश हेटौँडामा आयोजित प्रदेश भेलाको सम्बोधन गर्दै पार्टी सभापति लामिछानेले सो कुरा बताएका हुन् । 
उनले भने, ‘जब सिमेन्टको माग बढ्छ, जनताको लगानीले चलेको हेटौँडा सिमेन्ट कारखानाको मेसिनहरुको नट बिग्रिन्छन्, र निजी लगानीकर्ताले सिमेन्ट बेचेरै बोनस बाँड्छ, सुन्दा सामान्य लाग्छ तर रहस्य छ, अब सबै हिसाब हुनेछ ।’
उनले नेताहरुले पुर्खाले बचाइरहेको स्वाभिमान व्यक्तिगत, पार्टीगत स्वार्थ पूरा गर्न विभिन्न सम्झौता र एम्बेसीमा बेचेकोले उनीहरुले नै भाषणमा भन्ने गरेको अन्याय र बेथिति सहनु हुन्न भन्ने कुरालाई व्यावहारिक बनाउन राष्ट्रिय स्वतन्त्र पाटी जनतामाझ विकल्पको रुपमा उदाएको दाबी गरे । 
‘धनाढ्यका छोराछोरीले मात्र गुणस्तरीय शिक्षा लिने आम सर्वसाधारणका छोराछोरीले पढ्ने सामुदायिक विद्यालय कहिले गुणस्तरीय बन्ने ?’, उनले थपे, ‘खल्ती हेरेर स्वास्थ्य सेवा दिने कि सेवा दिएर खल्ती हेर्ने, राजनैतिक दलको चाकडी नगरेसम्म कुनै पेसामा क्षमताले स्थान स्थितिको अन्त्य कसले गर्ने ?’ यस्तै समस्या समाधानको विकल्पमा रास्वपा जन्मिएको उनको भनाइ थियो । 
देशको संघीय अभ्यासमा राष्ट्रपति, उपराष्ट्रपतिको भूमिका के ? प्रदेश संरचनालाई चुस्त दुरुस्त बनाउन नसक्दा प्रदेश संरचनाको बेथिति निरन्तर आउने गुनासो हो, यसको हिसाबकिताब र समाधानको सुत्रसहित रास्वपा आउनेमा समेत उनले दृढता व्यक्त गरे । 

कार्यक्रममा रास्वापका केन्द्रीय सदस्य रामकृष्ण भट्टराईले देशमा झाङ्गिएको बेथिति विसङ्गति चुपचाप हेरिरहन नसकेकोले रास्वपा गठन भएको बताए । उनले भने, ‘अबको दश वर्षसम्ममा देशको स्थिति परिवर्तन हुन नसके जनतामा चरम निरासा छाउने छ । सोही अवस्थाको अन्त्य गर्न रास्वपा जनतामा विकल्पको रुपमा आएको छ ।’ 
रास्वपाका केन्द्रीय सदस्य कविन्द्र बुर्लाकोटीले जनता पुराना दलको राजनैतिक आचरणसँग रुष्ट भैसकेको बताउँदै अब राजनीति गर्ने पालो जनताको रहेको बताए । 
‘वर्षौंदेखि राजनीतिको अनुभव भएका दलले भात्तृसंगठन छैन कसरी गर्छौं भन्नुहुन्छ, हामी भन्छौँ हामीसँग जनता छन्, कुल मतदातामध्ये ८० प्रतिशत मतदाता स्वतन्त्र छन्, हामी उहाँहरुकै माया सर्मथनले सफल हुन्छौँ’, उनले भने ।
सभामा सर्वसाधारण नागरिकका लागि मेरो परिकल्पनाको देश विषयक खुल्ला बहससमेत गरिएको थियो । जसमा आमनागरिकले आफ्नो परिकल्पनाको देश कस्तो हुनुपर्छ भन्ने विषयमा आफ्नो विचार राखेका थिए ।  
शुक्रबारको भेलाले बागमती प्रदेश समिति, बागमती प्रदेशमा रहेका विभिन्न जिल्ला र पालिका समितिहरु गठन गर्नेछ । अहिले रास्वपा देशैभर आफ्नो समितिहरु गठन गर्न पूर्वदेखि पश्चिमसम्मको देश दौडाहामा छ ।