मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना   

युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण, सैन्य गतिविधि बन्द गर्न आह्वान

युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण, सैन्य गतिविधि बन्द गर्न आह्वान


युक्रेन । युक्रेनको जापोरिजा परमाणु ऊर्जा केन्द्रमा थप बम आक्रमण भइरहेपछि संयुक्त राष्ट्र सङ्घले आणविक भट्टी वरपर सैन्य गतिविधि बन्द गर्न आह्वान गरेको छ । 
 
राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटरेसले जापोरिजा वा अरू कुनै पनि आणविक भट्टीमा आक्रमण हुँदा भयावहस्थिति उत्पन्न हुने भन्दै तत्काल सैन्य गतिविधि अन्त्य गर्न आह्वान गरेका हुन् । 
 
राष्ट्र सङ्घीय सुरक्षा परिषद्को बैठकमा यही विषयमा छलफलसमेत भइरहेको बिबिसीले जनाएको छ । राष्ट्र सङ्घको परमाणु निगरानी निकायका प्रमुख राफाएल ग्रोसीले संवेदनशील घडी आएको बताएका छन् । यो आणविक भट्टीमा कम्तीमा १० पटक आक्रमण भएको छ ।
 
आक्रमणमा रुस र युक्रेन दुवैले एक अर्कालाई आरोप लगाएका छन् । रुसले सबैभन्दा खराब आणविक दुर्घटना निम्त्याउन खोजिरहेको युक्रेनको आरोप छ । यो परमाणु ऊर्जा केन्द्र गएको मार्चयता रुसको कब्जामा छ। 
 
जी सेभेन राष्ट्रहरूले यो केन्द्र युक्रेनलाई फिर्ता गर्न रुसलाई भनेका छन् । यो परमाणु ऊर्जा केन्द्र युरोपकै सबैभन्दा ठूलो हो । एजेन्सी

शेयर गर्नुहोस:

135
Shares