मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौँ चरणको वार्ता

भारत र बेलायतबीच स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौँ चरणको वार्ता


याँ दिल्ली । भारत र बेलायतले गत महिना भारत(बेलाइत स्वतन्त्र व्यापार सम्झौताका लागि पाँचौँ चरणको वार्ता सम्पन्न गरेको छ ।
 
वाणिज्य र उद्योग मन्त्रालयले बिहीबार सोबारे जानकारी दिँदै हाइब्रिड शैलीमा प्राविधिक वार्ताहरू सम्पन्न गरेको बताएको छ। भारतको नयाँ दिल्लीमा केही वार्ताकारहरू प्रत्यक्ष र अधिकांश वार्ताकारहरू भर्चुअल रूपमा वार्तामा सहभागी भएका थिए । 
 
यस चरणको वार्ताका लागि दुवै पक्षबाट जम्मा ८५ सत्रमा विभिन्न १५ क्षेत्रमा छलफल भएको थियो । भारतीय र बेलायती अधिकारीहरूले सन् २०२२ अक्टोबरको अन्त्यसम्ममा व्यापक र सन्तुलित स्वतन्त्र व्यापार सम्झौतालाई निष्कर्षमा पुर्‍याउने लक्ष्य तय गरेका छन् ।
 
भारत र बेलायतले यस वर्ष जनवरीमा स्वतन्त्र व्यापार सम्झौताका निम्ति वार्ता सुरु गरेका थिए। दुवै देशले द्विपक्षीय व्यवसायहरूलाई फाइदा पुग्ने गरी सम्झौता गर्न खोजिरहेका छन् । गत महिना वाणिज्य सचिव विभिआर सुब्रह्मण्यमले भारत र बेलायतबीचको स्वतन्त्र व्यापार सम्झौता (एफटिए) वार्ता अगस्टको अन्त्यमा पूरा हुने सम्भावना रहेको बताएका थिए ।
 
बेलायतसँग दुईवटा एमओयु र फ्रेमवर्क सम्झौतामा हस्ताक्षर गरेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै सुब्रह्मण्यमले भारत(बेलाइत एफटिए वार्ता अगस्ट ३१ सम्ममा टुङ्गिने र दुवै पक्षको आन्तरिक स्वीकृतिपछि सम्झौतामा हस्ताक्षर गर्न तयार हुने बताएका थिए ।
 
प्रस्तावित एफटिएमा बेलायतमा सरकार परिवर्तनको प्रभावको बारेमा सुब्रह्मण्यमले बेलायतमा सत्तामा जुनसुकै दल आए पनि भारतसँगको एफटिए परिवर्तन नहुने बताएका छन् । एएनआई