मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमति, संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत

इजरायल र विद्रोही लडाकू समूहबीच युद्ध विराम गर्ने सहमति, संयुक्त राष्ट्रसङ्घद्वारा स्वागत


जेरुसेलम । इजरायल र विद्रोही लडाकू समूहका बीचमा युद्ध विराम गर्ने सहमति भएको छ । सोमबार मध्यरातदेखि लागू हुनेगरी युद्ध विरामको सहमति भएको इजरायलका प्रधानमन्त्री याइर लापिडले पुष्टि गरेका छन् ।  
 
लामो समयदेखि उनीहरुका बीचमा युद्ध चलिरहेको भए पनि पछिल्लो तीन दिन लगातार भिडन्त भएको थियो । भिडन्तमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको थियो । ठूलो क्षति र सर्वत्रको दवावपछि युद्ध विराम गर्न दुवै पक्ष सहमत भएका हुन् । 
 
इजिप्टका मध्यस्थकर्ताहरूको सहयोगमा युद्धविराम भएको खवर थाहा पाएपछि स्थानीय बासिन्दाले खुसियाली मनाएका छन् । इजरायलबाट भइरहेको आक्रमण रोक्न इजिप्टले पहल गरेर युद्ध विरामको वातावरण बनाएकोमा इस्लामिक जिहादका प्रवक्ताले खुशी व्यक्त गरेका छन् । 
 
इजरायलले गत सोमवार राति इस्लामिक जिहादका प्रमुख भनिएका बसिम सादीलाई पक्राउ गरेपछि तनाव बढेको थियो । इरानले समर्थन गरेको इस्लामिक जिहाद समूह गाजामा सक्रिय सबैभन्दा बलियो विद्रोही समूह मानिन्छ । 
 
संयुक्त राष्ट्रसङ्घद्धारा स्वागत
 
संयुक्त राष्ट्रसङ्घले महासचिव एन्टोनियो गुटर्रेसले इजरायल र गाजामा भएको युद्धविरामको स्वागत गरेका छन् । महासचिव गुटर्रेस गाजामा भएको आक्रमणबाट यहाँका बालबालिका तथा महिलालगायत सर्वसाधारण नागरिकको ज्यान गएको घटनाबाट आफू दुःखी रहेको बताएका छन् । 
 
उनले यस्तो हिंसात्मक हमलाको अन्त्य गरेर सबै प्रकारका समस्याहरुको समाधानका लागि शान्तिपूर्ण माध्यमबाट अघि बढ्न पनि यसअघि आग्रह गर्नुभएको थियो ।
 
प्यालेस्टिनियन इस्लामिक जिहाद, पिआइजे र अर्को अतिवादी समूहका कारण गाजामा इजरायलत तर्फबाट हमला भएको थियो । त्यसमा परेर ४३ जनाको ज्यान गएको थियो भने अरु दुई सयभन्दा बढी मारिएका थिए ।
 
संयुक्त राष्ट्रसङ्घका महासचिव गुटर्रेसका प्रवक्ता स्टेफान डुजारिकले महासचिव गुटर्रेसले हाल इजरायल र गाजाका तर्फबाट भएको युद्धविरामको स्वागत गर्दै आगामी दिनमा दुवै तर्फलाई शान्तिको माध्यमबाट अघि बढ्ने काममा सहयोग गर्ने बताएको जानकारी दिए ।
 
उनले हिंसात्मक हमलाका घटनाहरु नहोऊन् भनेर दुवै तर्फबाट संयमता अपनाउन पनि सबैलाई आग्रह गरेको प्रवक्ता डुजारिकको विज्ञप्तिमा जनाइएको छ । सिन्ह्वा