मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल चलिरहेको छ : अध्यक्ष प्रचण्ड

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल चलिरहेको छ : अध्यक्ष प्रचण्ड


फुकुओका । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल चलिरहेको बताएका छन् । 
 
जापानको फुकुओकामा आयोजित नेपाल फेस्टिबल, २०२२ को उद्घाटन गर्दै अध्यक्ष दाहालले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने विषयमा महत्त्वपूर्ण छलफल भइरहेको बताए । उनले विदेशमा रहेका नेपालीको ज्ञान, सीप, अनुभव र पूँजीलाई मुलुक निर्माणमा परिचालन गर्न सकिने र त्यसका लागि आफूहरु प्रयासरत रहेको बताए । 
 
नेपाल र जापान बीचको सम्बन्ध पुरानो रहेको भन्दै उनले १२० वर्षदेखि नेपाली विद्यार्थी जापानमा अध्ययन गरिरहेको समेत जानकारी दिए । नेपालको शैक्षिक र आर्थिक विकासका लागि पु¥याएको सहयोगप्रति पूर्वप्रधानमन्त्री दाहालले जापान सरकारलाई विशेष धन्यवाद दिए । दातृ देशका रुपमा जापान नेपालका लागि महत्त्वपूर्ण रहेको उल्लेख गर्दै उनले नेपाल–जापान सहयोगलाई थप विस्तारका लागिसमेत महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 
 
नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन आफ्नो भ्रमण केन्द्रित रहने उनले विश्वास व्यक्त गरे । जापानी पूर्वप्रधानमन्त्री सिन्जो आबेसँग आफ्नो विशेष सम्बन्ध र मित्रता रहेको अध्यक्ष दाहालले स्मरण गरे । आगामी सङ्घीय र प्रदेशसभाको निर्वाचनपछि बलियो र स्थिर सरकार गठन हुने विश्वास व्यक्त गर्दै उनले विकास र समृद्धिको अभियान निरन्तर अगाडि बढ्ने बताए । पाँचदिने जापान भ्रमणका क्रममा अध्यक्ष दाहाल आज जापान आएका हुन् । रासस