मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

चीनद्वारा अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध

चीनद्वारा अमेरिकी सभामुख पेलोसीमाथि प्रतिबन्ध


बेइजिङ । चीनले शुक्रबार अमेरिकी संसद्की सभामुख न्यान्सी पेलोसी र उनको निकटतम परिवारका सदस्यविरुद्ध प्रतिबन्ध लगाएको छ । 
 
चिनियाँ विदेश मन्त्रालयले सो निर्णयको घोषणा गर्दै अमेरिकी तीन शीर्ष अधिकारीहरूमध्येकी पेलोसीले देशको चासोलाई बेवास्ता गर्दै ताइवान भ्रमण गर्न जोड दिएको बताएको छ । 
 
यो भ्रमणले चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने, चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतालाई कमजोर पार्ने, एक चीन सिद्धान्तलाई कुल्चिने र ताइवान क्षेत्रमा शान्ति र स्थिरतालाई खतरामा पार्ने पनि मन्त्रालयले जनाएको छ ।  
 
यसैबीच, रुसी सुरक्षा परिषद्का उपाध्यक्ष दिमित्री मेदभेदेवले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणलाई दुर्भावनापूर्ण उत्तेजना भनेका छन् ।
 
आरआईए नोवोस्तीसँगको अन्तर्वार्तामा मेदभेदेवले संयुक्त राज्य अमेरिकाले एक चीन नीतिको पालना गरेको दाबी गरे पनि विरोधाभाषपूर्ण अभिव्यक्ति दिएको छ जसका उद्देश्यहरू अस्पष्ट छन् ।
 
मेदभेदेवले यो भ्रमण एशियामा अन्तर्राष्ट्रिय सुरक्षालाई कमजोर पार्ने उद्देश्यले जानजान गरिएको गरिएको उक्साहट भएको बताएका छन् । पेलोसीको भ्रमणले यस क्षेत्रको राजनीति र सुरक्षा चासोको सरगर्मी बढेको छ । एएनआई