मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकाले ताइवानको साथ छाड्ने छैन : अमेरिकी सभामुख पेलोसी

अमेरिकाले ताइवानको साथ छाड्ने छैन : अमेरिकी सभामुख पेलोसी


ताइपेई । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो देशले ताइवानको साथ नछाड्ने प्रतिबद्धता व्यक्त गरेकी छन् । 
 
चीनको चेतावनीलाई बेवास्ता गर्दै मंगलबार ताइपेई आएकी उनले ताइवानी नेताहरूसँग बुधबार भएको भेटमा उनले ताइवानप्रतिको प्रतिबद्धता अमेरिकाले त्याग्न नसक्ने बताए । 
 
राष्ट्रपति साई इङ्ग–वेनसँगको भेटमा वर्तमान विश्वले लोकतन्त्र र निरङ्कुशतामध्ये एउटालाई रोज्नुपर्ने परिस्थितिको सामना गरिरहेको बताउँदै उनले विश्वभरि लोकतन्त्रको प्रवद्र्धनका निम्ति अमेरिका दृढ रहेको उल्लेख गरे । 
 
अमेरिका र चीनबीच तनाव बढेका बेला २५ वर्षको अन्तरालमा ताइवान भ्रमण गर्ने उनी उच्च अमेरिकी अधिकारी हुन् । राष्ट्रपति साईले सभामुख पेलोसीले ताइवान भ्रमण गरेकामा आभार व्यक्त गरे । उनले सभामुख पेलोसी ताइपइमा अवतरण गरेपछि मुख्यभूमि चीनबाट भएका सैन्य अभ्यास अनावश्यक प्रतिक्रिया भएका टिप्पणी गरे । 
 
कम्युनिस्ट शासित चीनले ताइवानलाई आफ्नो क्षेत्र मानेको छभने आवश्यक परेमा बल प्रयोग गरेर उक्त टापुलाई पुनः दाबी गर्न सक्ने बताएको छ । अमेरिकाले पनि ‘एक चीन’ नीति पालना गर्दै आएको छ । 
 
उसले बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता पनि दिएको छ । साथै ताइवानसँग अनौपचारिक रक्षा सम्बन्ध र अन्य अमेरिकाले  कायम नै राखेको छ । रासस