मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रूसी आक्रमणमा परी युक्रेनी व्यापारीको मृत्यु

रूसी आक्रमणमा परी युक्रेनी व्यापारीको मृत्यु


कि । युक्रेनका धनाढ्य मध्येका एक अन्न निर्यात गर्ने व्यापारीको रूसद्वारा गरिएको एक भीषण आक्रमणमा परी निधन भएको छ । 
 
सोमबार बिहान युक्रेनबाट युद्ध सुरूभएपछि पहिलोपटक ठूलो मात्रामा मकै निर्यातका लागि तयारी भइरहेका समय त्यही क्षेत्रका व्यापारीमाथि आक्रमण भएको हो । मिकोलाइभ लक्षित रूसको आक्रमणका बाबजुद पनि यहाँबाट एउटा जहाजले ठूलो मात्रामा मकै लिएर ब्लाक सी हुँदै टर्की लेवनानतर्फ प्रस्थान गरेको छ । 
 
आइतबार राति दक्षिणी सहर मिकोलाइभस्थित उनीहरूको घरमा राति क्षेप्यास्त्र प्रहार हुँदा ७४ वर्षीय ओलेक्सी भाडातुर्सकी र उनकी श्रीमती राइसा मारिएको अधिकारीहरूले बताएका हुन् । अन्न निर्यात सम्बन्धी कम्पनी निबुलोनका मालिक भाडातुर्सकीले ‘हिरो अफ यूक्रेन’ को उपाधिसमेत पाएका थिए । भाडातुर्सकीले व्यापार र कृषिमा ठूलो योगदान रहेको स्थानीय नेता तथा सवैसाधारणले बताएका छन् ।
 
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भाडातुर्सकीको निधनबाट राष्ट्रलाई ठूलो क्षति भएको बताएका छन् । मिकोलाइभका मेयर ओलेक्सन्दर सेन्केभिचले उक्त सहरमा अहिलेसम्मकै सबैभन्दा धेरै बमबारी भएको बताएका छन् । 
 
मिकोलाइभ ओडेसाको मुख्य बाटोमा अवस्थित छ । ब्ल्याक सीमा युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह रहेको ओडेसामा गत फेब्रुअरीमा रूसले आक्रमण सुरु गरेयता बारम्बार बमबारी हुँदैआएको थियो । एजेन्सी