मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँछु : मन्त्री कुँवर

वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउँछु : मन्त्री कुँवर


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउने बताएका छन् । 
 
निगरानी दैनिक मिडिया प्रालिको आइतबार सम्पन्न प्रथम वार्षिकोत्सव एवं ‘वैदेशिक रोजगारीका क्षेत्रमा देखिएका समस्या समाधानका उपायहरु’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका समस्यालाइ सम्बोधन गरिने जानकारी दिए ।
 
“वैदेशिक रोजगारीको क्षेत्रलाई थप व्यवस्थित र मर्यादित बनाउन सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग सहकार्य गरेर अगाडि बढ्नेछ”, उनले भने । 
 
मन्त्री कुँवरले सामाजिक सुरक्षा कोष र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच भर्खर भएको दुईपक्षीय समझदारी एकदमै महत्त्वपूर्ण र उपलब्धिमूलक हुनेसमेत बताए । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले  संदनबाट पारित भएको नागरिकता विधेयक राष्ट्रको हितका भएको र यसले एनआरएनएलाई थप उत्साह थपेको बताए ।
 
ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले नेपालको पर्यटन उद्योगमा रहेका पर्यटन श्रमिकको योगदान उच्च रहेकाले पर्यटन श्रमिकको समस्या समाधानका लागि सरकारले सहयोग गर्न आग्रह गरे । 
 
कार्यक्रममा निगरानी दैनिककी अध्यक्ष निर्मला दङ्गाल खनालले निगरानी दैनिकले स्वच्छ, निर्भिक र निष्पक्ष तवरले पत्रकारिता गर्दै आएको बताउँदै आगामी दिनमा पनि सोहीअनुरुप काम गर्ने प्रतिबद्धता व्यक्त गरे । 
 
कार्यक्रममा समाजका विभिन्न क्षेत्रमा योगनदान गर्ने व्यक्तिलाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो । रासस