मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

विश्वभर दैनिक ४ हजार मानिस एचआइभी सङ्क्रमित : राष्ट्रसंघ

विश्वभर दैनिक ४ हजार मानिस एचआइभी सङ्क्रमित : राष्ट्रसंघ


न्यूयोर्क । विश्वभर प्रत्येक दिन करिब ४ हजार जनामा एचआइभी सङ्क्रमण हुने गरेको पाइएको छ । राष्ट्रसंघले आइतबार देशहरूलाई  यसको रोकथाम र उपचारमा पहुँच बढाउन आग्रह गर्दै सो विवरण सार्वजनिक गरेको हो ।  
 
राष्ट्रसंघले ट्विट गर्दै एचआइभी सङ्क्रमण नियन्त्रणमा प्रगति सुस्त रहेको जनाउँदै  यसका विरुद्धमा जनचेतना जगाउन र नियन्त्रण गर्न लगानी बढाउनसमेत आग्रह गरेको छ । एचआइभी रएड्ससम्बन्धी संयुक्त राष्ट्रसंघीय कार्यक्रम विश्वव्यापी एचआइभी प्रतिक्रियाको पछिल्लो तथ्याङ्कले कोभिड(१९ र अन्य विश्वव्यापी सङ्कटका पछिल्ला दुई वर्षहरूमा एचआइभी महामारीविरुद्धको प्रगति कमजोर भएको बताएको छ ।  
 
यसका विरुद्ध परिचालन हुने स्रोतहरू सङ्कुचित भएका छन्  जसका कारण लाखौँको ज्यान जोखिममा रहेको पनि तथ्याङ्कले देखाएको छ ।  
 
नयाँ सङ्क्रमणको सङ्सङ्ख्या सन् २०२० र २०२१ को बीचमा विश्वव्यापी रूपमा केवल ३।६ प्रतिशतले घटेको छ जुन नयाँ एचआइभी सङ्क्रमणमा  सन् २०१६ यताको सबैभन्दा कम अनुपातमा घटेको विवरण हो।  
 
पूर्वी युरोप र मध्य एशिया, मध्य पूर्व र उत्तर अफ्रिका र ल्याटिन अमेरिकामा धेरै वर्षदेखि वार्षिक एचआईभी सङ्क्रमणमा वृद्धि भएको पनि प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।  
 
यी तथ्याङ्कले विश्वव्यापी एड्स प्रतिक्रियालाई गम्भीर खतरामा रहेको देखाउँछ। यदि हामीले द्रुत रूपमा प्रगति गरेनौँ भने कोभिड(१९, लगायात अन्य सङ्कटका बीचमा यसको प्रकोप थप बढ्ने देखिन्छ । सम्भावित लाखौँ मृत्यु रोक्न खोजिरहेका छौँ, युएनएड्सका कार्यकारी निर्देशक विनी ब्यानिमाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
 
विज्ञप्तिअनुसार एड्सले प्रत्येक मिनेटमा ज्यान लिइरहेको छ । औसतमा सन् २०२१ मा विभिन्न रोकथामात्मक उपचारका बाबजुद ६ लाख ५० हजार जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।  
 
यी तथ्याङ्कहरूले राजनीतिक इच्छाशक्तिलाई प्रतिबिम्बित गर्छन् । के हामी हाम्रा बालबालिकाहरूलाई सशक्तीकरण र संरक्षण गर्ने कुरामा ख्याल  गर्छौं ? के हामी बालबालिकाहरू एड्सबाट हुने मृत्यु रोक्न चाहन्छौँ ? के हामीले जीवन बचाउने कुरालाई अपराधीकरणभन्दा अगाडि राख्छौँ ? ब्यानिमाले प्रतिप्रश्न गरेका छन् । यदि हामीले गर्छौं भने, हामीले यसको सङ्क्रमणलाई रोक्ने कामलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ ।  
 
प्रतिवेदनले महामारी नियन्त्रण गर्न तत्काल कदम चालिएन भने विनाशकारी परिणामहरू आउने देखिन्छ। यदि यही दरमा सङ्क्रमण बढ्दै जाने हो भने सन् २०२५ मा सङ्क्रमितको सङ्ख्या १२ लाखभन्दा बढी थप हुनेछ । एजेन्सी