मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

प्रजातान्त्रिक विचार समाजमा सुरेशचन्द्र आचार्यको नेतृत्व

प्रजातान्त्रिक विचार समाजमा सुरेशचन्द्र आचार्यको नेतृत्व


रतपुर । प्रजातान्त्रिक विचार समाज चितवन शाखाको १०औँ अधिवेशन तथा २४औँ वार्षिक साधारण सभाले सुरेशचन्द्र आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । 
कार्यसमितिको उपाध्यक्षमा सुरक्षा रेग्मी सापकोटा, सचिवमा विकास पौडेल, सहसचिवमा सुरेशबाबु ढकाल, कोषाध्यक्षमा सुनिता सडौला चयन भएका छन् । यस्तै, सदस्यहरुमा बुद्धिसागर लम्साल, रविभद्र शर्मा खनाल, दामोदर रिजाल, गोविन्दबहादुर हमाल, प्रकाश शर्मा, विष्णुबहादुर दवाडी, भरतप्रसाद दवाडी, जनकराज घिमिरे र तेजेन्द्रप्रसाद पौडेल चयन भएको निर्वाचन समितिले जनाएको छ । 
प्रजातान्त्रिक विचार समाज चितवनका अध्यक्ष प्राडा देवीप्रसाद कँडेलको सभापतित्वमा भएको ‘वर्तमान राजनीतिक अवस्था र भावी कार्य दिशा’ विषयक विचार गोष्ठीमा प्रमुख अतिथि प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसी रहेका थिए । 
कार्यक्रममा कांग्रेस नेता चन्द्र भण्डारीले पुरानो नेताबाट देश नबन्ने भएकाले नेतृत्व परिवर्तन नै एकमात्र विकल्प भएको बताएका छन् । ‘अहिले सिंगो पार्टी चलाउने नेता कोही छैनन्’, उनले भने, ‘देशलाई विकासको मार्गमा लैजान नेतृत्व परिवर्तन हुनैपर्छ ।’ 
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ, चितवनका पूर्वजिल्ला सभापति एवं पूर्वसांसद् रामकृष्ण घिमिरे, पूर्वसांसद् जगन्नाथ पौडेल, सभापति राजेश्वर खनाल, पूर्वसभापति तोपमानसिंह गुरूङ, पूर्वसभापति जीतनारायण श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए ।