मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

ताइवानसँगको चिनियाँ सम्बन्धमा हस्तक्षेप नगर्न सीको चेतावनी

ताइवानसँगको चिनियाँ सम्बन्धमा हस्तक्षेप नगर्न सीको चेतावनी


बेइजिङ । राष्ट्रपति सी जिनपिङले आफ्ना अमेरिकी समकक्षी जो बाइडेनसँग फोन वार्ताका क्रममा ताइवानसँग चीनको सम्बन्धमा हस्तक्षेप नगर्न चेतावनी दिएका छन् । 
 
उक्त फोनवार्तामा अमेरिका र चीनबीचको व्यापार, प्रविधि वा अन्य तनाबबारे कुनै प्रगतिको सङ्केत भने देखिएन । चीनले आफ्नो इलाकाको रूपमा दाबी गरेको ताइवानमा अमेरिकी संसदका सभामुख न्यान्सी पेलोसीको सम्भावित भ्रमणप्रति बेइजिङले चासो व्यक्त गर्दै आएको छ ।
 
करिब तीन घन्टाको लामो फोनवार्ताबारे चीन सरकारले दिएको सारांशमा चिनियाँ राष्ट्रपति सीले विश्वका दुई ठूला अर्थव्यवस्थाहरूलाई विभाजन नगर्न अमेरिकी राष्ट्रपतिसँग आग्रह गरेको बताइएको छ । चिनियाँ औद्योगिक नीति र प्रविधि निर्यातमा अमेरिकी रोकले विश्व अर्थतन्त्रलाई हानि पु्¥याउन सक्ने चिनियाँ र अमेरिकी व्यापारी तथा अर्थशास्त्रीहरूले चेतावनी दिनेगरेका छन् । 
 
यसैबीच, सी र बाइडेनले प्रत्यक्ष भेटघाटको सम्भावनाबारे पहल गरिरहेका आफ्नो पहिचान सार्वजनिक नगर्ने शर्तमा एक अमेरिकी अधिकारीले बताएका छन् । सीसँग विश्वका प्रमुख २० अर्थतन्त्रहरूको समूहको बैठकका लागि नोभेम्बरमा इण्डोनेशिया उपस्थित हुनसमेत आमन्त्रित गरिएका र त्यहाँ सी र बाइडेनबीच प्रत्यक्ष वार्ता हुने सम्भावना रहेको ती अधिकारीले बताए । 
 
तथापि, चीनको सत्तारुढ कम्युनिष्ट पार्टीले विदेशी सम्बन्ध सञ्चालन गर्ने अधिकार ताइवानलाई नभएको बताएको छ । तर सीले ‘बाह्य शक्तिहरूको हस्तक्षेप’ अस्वीकार गर्दै ताइवानलाई दशकौं पुरानो वास्तविक स्वतन्त्रता स्थायी बनाउन प्रोत्साहित गर्न सक्ने धारणा राख्दै आएका छन् । एपी