मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच साढे दुई घन्टा कुराकानी

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच साढे दुई घन्टा कुराकानी


वासिङ्टन । अमेरिका र चीनका राष्ट्रपतिबीच शुक्रबार साढे दुई घन्टा कुराकानी भएको छ । भिडियो माध्यममार्फत भएको कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको अधिकारीहरूले जनाएका छन् ।
 
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले लामो कुराकानीका क्रममा केही विषयमा गहिरोसँग छलफल भएको जनाएको छ । 
 
वाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उनीहरूका बीचमा अहिलेसम्म पाँचपटक फोन तथा भिडियो कुराकानी भएको छ । बाइडेन अमेरिकाको उपराष्ट्रपति हुँदा उनकै निमन्त्रणामा सन् २०१५ मा सीले अमेरिका भ्रमण गरेका थिए । तर, बाइडेन राष्ट्रपति भएपछि भने दुई नेताको भेट भएको छैन । पछिल्लो कुराकानीमा उनीहरूका बीचमा चाँडै नै भौतिकरुपमै भेटवार्ता गर्ने सहमतिसमेत भएको छ । 
 
साथै अहिलेको भिडियो कुराकानी विशेष गरेर ताइवान मामिलामा केन्द्रित भएको र एकअर्काप्रति कतिपय असहमति प्रकट गरेको जनाइएको छ । अमेरिकाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको चर्चा चलेपछि अमेरिका र चीनबीच तनाव थप बढेको छ ।
 
अमेरिकाले ताइवानलाई महत्त्व दिएर गलत भूमिका खेल्न खोजेको चिनियाँ अधिकारीहरूको भनाइ छ । सभामुख पलोसीले ताइवानको भ्रमण गरेमा राम्रो नहुने चेतावनी चीनले अमेरिकालाई दिँदै आएको छ । तर, अमेरिकाको विदेश मन्त्रालयले भने पलोसीले ताइवानको भ्रमण गर्ने कुनै योजना नबनाएको दाबी गरेको छ । एजेन्सी