मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

रूसद्वारा ओडेसामा पुनः आक्रमण

रूसद्वारा ओडेसामा पुनः आक्रमण


कि । रूसले युक्रेनको ब्ल्याक सीमा पुनः आक्रमण गरेको छ । ओडेसा र माइकोलाइभलाई निशाना बनाएर रूसले हवाई आक्रमण गरेको युक्रेनी सेनाले बताएको छ । 
 
देशको दक्षिणी तटमा निजी भवन र बन्दरगाह पूर्वाधारमा क्षेप्यास्त्र आक्रमण भएको छ भने ओडेसा क्षेत्रका तटीय गाउँका धेरै निजी भवनमा प्रहार हुँदा तिनमा आगो लागेको छ । ओडेसा बन्दरगाहबाट खाद्यान्न  ढुवानी पुनः सुरु गर्न मस्को र किएभ सहमत भएको एक साता नबित्दै रूसले बन्दरगाह पूर्वाधारलाई लक्षित आक्रमण बढाएको छ । 
 
यसैबीच, रुसका एकजना शीर्ष कूटनीतिज्ञले युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न मस्को तयार रहेको  दोहो¥याएका छन् ।  यद्यपि उनले युक्रेनका सहयागी पश्चिमा देशले त्यो नचाहेकोे दाबी गरे । 
 
“हामीले वार्ता गर्न कहिल्यै अस्वीकार गरेका छैनौँ सबैलाई थाहा वैमनस्य वार्ताको टेबलमा समाप्त हुन्छ,” रूसी विदेशमन्त्री सर्गेई लाभरोभले मङ्गलबार युगान्डा भ्रमणको क्रममा भनेका छन् । गत मार्चको अन्त्यमा इस्तानबुलमा दुई पक्षबीच भएको बैठकपछि वार्ता अगाडि बढेको उनले बताए । एजेन्सी