मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

परिवारिक खटपटले एक दम्पतीको लियो ज्यान : श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या

परिवारिक खटपटले एक दम्पतीको लियो ज्यान : श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या


चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नं–१० रमाइलोचोकमा आइतबार राति एक श्रीमानले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । 
 
भरतपुर–१०, रमाइलोचोकस्थित आफ्नै निवासमा घरको तीनतला माथि रहेको बैठक कोठामा ३५ वर्षीया श्रीमती रुष्मालाई राति १०ः२५ बजेको समयमा खुकुरी प्रहार गरी तीन तलाबाट हाम फालेका ४३ वर्षीय कृष्णप्रसाद आचार्यको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 
 
खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी रुष्मालाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएकोमा अस्पतालले राति १०ः४० बजे मृत घोषणा गरेको थियो ।
 
खुकुरी प्रहारलगत्तै तेस्रो तलाबाट हामफाल्दा सडकपेटीमा बजारिएर टाउकोमा गम्भीर चोट लागेका कृष्णप्रसादलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उनको पनि अस्पतालले राति ११ बजे मृत घोषणा गरेको थियो ।
 
किन घट्यो यस्तो अप्रिय घटना ?
 
६ वर्षभन्दा लामो समय दुवई बसेर गत जेठमा परिवारलाई थाहै नदिई एक्कासि घर फर्किएका कृष्णप्रसादले आफ्नी श्रीमतीको अन्य व्यक्तिसँग सम्बन्ध रहेको शङ्का गरे । 
श्रीमान्ले घर आउनेबित्तिकै श्रीमतीको घाँटी अँठ्याएका थिए । घटनाको प्रत्यक्षदर्शी थिइन् उनीहरुका छोरी रोयस्ना । 
लामो समय विदेश बसेर आएका श्रीमानले विदेश ज्यानै लिनेसम्मको प्रयास गरेपछि असार २ गते रूष्मा जिल्ला प्रहरी कार्यालय चितवनमा घरेलु हिंसासम्बन्धी निवेदन लिएर पुगेकी थिइन् । असार ३ गते प्रहरीले महिला सेलमा गरिएको छलफल निष्कर्षमा नपुगेपछि प्रहरीले असार १७ गते दोस्रोपटक बोलाएको थियो ।

रूष्माले आफ्नो माइती पक्षको बुबा नआएको भनी केही समय दिन आग्रह गरिन् । प्रहरीले असार ३१ गते पुनः छलफलका लागि बोलाएपछि दुवै जना अलगअलग रहने सहमति भयो ।

३५ वर्षीया श्रीमती रुष्मा आचार्य घिमिरे राष्ट्रिय मावि तोरीखेतमा शिक्षण पेसा अंगाल्दै आएकी थिइन् । 
उनीहरुबीच सम्बन्धमा खटपट सुरू भएको रुष्माले फेसबुकमा विभिन्न समयमा लेखेको स्टाटसबाट बुझ्न सकिन्छ । प्रहरीको रोहवरमा दुवैजना अलगअलग रहने सहमति गरेर फर्किएपछि आइतबार सो घटना घटेको हो । 
सम्बन्ध विच्छेदको प्रक्रियामा रहेका उनीहरु आइतबार दुवै जना संसारबाटै बिदा भए । डिएसपी अधिकारीका अनुसार घटनाको प्रकृति हेर्दा कृष्णप्रसादले श्रीमतीको हत्या गरी आत्महत्या गरेको देखिएको छ । 
 
भरतपुर अस्पतालमा दुवैको शवको पोस्टमार्टमपछि दुवै पक्षले आआफ्नो तर्फको शव बुझेका थिए । दुवै शवको सोमबार बेलुकी देवघाटमा अन्त्येष्टि भएको छ ।
रुष्माको माइती पूर्वी चितवनको रत्ननगर–१६, पिठुवामा पर्छ । उनी द्वारिकादास माविका पूर्वअध्यक्ष नेत्र घिमिरेकी छोरी हुन् । घटनापश्चात् उनको माइतीगाउँ पिठुवा पनि शोकामा डुबेको छ ।