मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कला   

बलिउड म्युजिक भिडियो “सोनिया”मा १६ वर्षीय नेपाली युवा शीतल वाग्ले

बलिउड म्युजिक भिडियो “सोनिया”मा १६ वर्षीय नेपाली युवा शीतल वाग्ले


काठमाडौँ । भारतको प्रतिष्ठित म्युजिक कम्पनी रेड रिबनको निर्माणमा अफिसियल म्युजिक भिडियो “सोनिया”भर्खरै रेड रिबनको युट्युबमार्फत सार्वजनिक भएको छ ।
 
यस म्युजिक भिडियोमा वाग्ले सँगसँगै कलाकारहरु एसरा वर्मा, तानिया चटर्जीलगायतको पनि भूमिका रहेको छ । जसलाई नेपालमा म्युजिक भिडियोको दुनियामा रुचाइएका निर्देशक नितिन चनले निर्देशन गरेका हुन् । चन लामो समयदेखि भारतमै बसोबास गरिरहेका छन् ।
 
जसमा हर्मान नजिम र सरोदी बोहराको आवाज रहेको छ भने गीत र संगीत भने मास्म्याथको रहेको छ । म्रेड रिबनको यो युजिक भिडियो निर्माणको क्रममा थुप्रै नयां अनुहारहरुमध्येबाट शितल वाग्लेलाई छानिएको निर्देशक चन्दले अवगत गराए। 
 
यो अवसर आफूले पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा आफूलाई अझ निपूर्ण बनाउने कुरामा विश्वस्त पार्दै यही क्षेत्रमा केही उत्कृष्ट कार्य गर्ने सोच रहेको कलाकार वाग्ले बताउँछन्।
 
वाग्लेलाई अन्य भारतीय परियोजनाहरुमा समेत देख्न पाइने निर्देशक चन्दले दी वल्ड नेपाल न्यूजलाई जानकारी गराएका छन् ।