मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

तालिवानले सयौँ मानवअधिकार उल्लङ्घन गर्‍यो : राष्ट्रसंघ

तालिवानले सयौँ मानवअधिकार उल्लङ्घन गर्‍यो : राष्ट्रसंघ


काबुल । तालिबानले गत वर्ष सत्ता कब्जा गरेदेखि अफगानिस्तानमा सयौं मानव अधिकार उल्लङ्घन गरेको संयुक्त राष्ट्रसंघले बताएको छ । अफगानिस्तानमा जघन्य आपराधिक हत्या र यातनालगायतका घटनामा अपेक्षाकृत कमी नआएको राष्ट्रसंघले बताएको हो । 
 
अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय नियोग (यूनामा)का कार्यकारी प्रमुख मार्कस पोट्जेलले काबुलमा आयोजित समाचार सम्मेलनमा भने, “हाम्रो रिपोर्टको निष्कर्ष अत्यन्तै गम्भीर छ भन्ने कुरालाई कसैले नकार्न सकेको छैन । 
 
तालिबानले अफगानिस्तानमा रहेको यस पहिलेको पश्चिमी समर्थित सरकारलाई परास्त गरेदेखि अधिकारको दुरुपयोगको आरोपलाई नियमित रूपमा अस्वीकार गर्दै आएका छन् । तर, बुधबार सार्वजनिक गरिएको संयुक्त राष्ट्रसंघको रिपोर्टले धेरै तथ्यहरू सार्वजनिक गरेको छ ।
 
यूनामाले अगस्तदेखि १६० वटा अतिरिक्त न्यायिक हत्या, यातना र दब्र्यवहारका ५६ घटना र १७० भन्दा बढी जथाभावी गिरफ्तारी तथा पूर्व सरकारी अधिकारी तथा राष्ट्रिय सुरक्षा बलका सदस्यलाई थुनामा राखेको आरोप दर्ता गरेको छ । 
 
यातना दिने सबैभन्दा सामान्य तरिका लात हान्ने, मुक्का हान्ने र थप्पड लगाउने रहेको तथा केबुल र पाइपले पिट्ने करेन्ट लगाउने र अन्य उपकरणहरूको प्रयोग गर्नेजस्ता मानव अधिकार हननका काम गरेको आरोप ती मुद्दामा लगाइएको छ ।
 
आरोपमा २०० भन्दा बढी क्रुर, अमानवीय वा अपमानजनक सजायका उदाहरणहरू गरेको र १०० भन्दा बढी बल प्रयोगका घटनाहरू घटाएको उल्लेख छ ।
 
यद्यपि युद्धको अन्त्य भएदेखि देशभरि सुरक्षामा निकै सुधार आएको छ र निजामती घाइतेहरूको संख्यामा ठूलो कमी आएको छ । सन् १९९६ देखि २००१ को बीचमा आतंकको क्रुर अवधिका लागि चिनिएको तालिबानले अफगानीहरू, विशेष गरी महिला तथा केटीहरूको स्वतन्त्रतामा तीव्र प्रतिबन्ध लगाएका छन् । 
 
यूनामाले हत्या, बलात्कार, आत्महत्या, बालविवाह र आक्रमणलगायत जबरजस्ती विवाहका साथै सम्मान हरणका दुई मुद्दासहित महिला र बालिकामाथि हुने हिंसाका ८७ आरोप सार्वजनिक गरेको छ । तीमध्ये कुनै पनि औपचारिक रूपमा न्याय प्रणालीमा दर्ता भएका छैनन् ।
 
मुद्दा दर्ता गरिएका मुद्दाहरूमध्ये एक दम्पती पनि थिए जसलाई इस्लाम कानूनको हितविपरीत सम्बन्ध जोडेको आरोप लगाई सार्वजनिकरूपमा ढुंगाले हानेर मारिएको थियो ।  
 
अफगानिस्तानमा संयुक्त राष्ट्रको मानवअधिकार मिशनकी प्रमुख फियोना फ्रेजरले अफगानिस्तानमा ‘दण्डरहिनता प्रबल’ भएको बताइन् र आरोप कम रिपोर्ट भएको हुनसक्ने स्वीकार गरिन् ।
 
यूनामा दुर्व्यवहारमा तालिबानको धार्मिक प्रहरी र गुप्तचर सेवाको सहभागिताका बारेमा ‘विशेष गरी चिन्तित’ रहेको उनले बताइन् । युनामाका अनुसार यो अवधिमा ७०० भन्दा बढी नागरिकहरू मारिएका छन् र आक्रमणमा कम्तीमा पनि १,४०० घाइते भएका छन् । एएफपी