मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्रीको चासो

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा गृहमन्त्रीको चासो


काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कसरी अगाडि बढ्ने भन्ने विषयमा सम्बन्धित मन्त्रालय र जिल्लाका अधिकारीहरुसँग छलफल गरेका छन् ।  
 
मन्त्री खाणले वन तथा वातावरण मन्त्रालयका सचिव डा पे्रमनारायण कँडेल, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालसँग वन्यजन्तु र नागरिकबीचको द्वन्द्व कम गर्ने विषयमा छलफल गरेका हुन् । 
 
झापामा जङ्गली हात्ती मृत भेटिएको र बर्दियामा नागरिकमाथि पटक पटक बाघको आक्रमण हुन थालेपछि समस्या समाधानको पहलका लागि गृहमन्त्री खाणले सम्बन्धित निकायका प्रमुखसँग आज फोनमा कुराकानी गरेकाहुन् ।   
 
बर्दियाको मधुवन नगरपालिका–१, २ र ३ मा जङ्गली जनावरले नागरिकलाई पटक–पटक आक्रमण गर्ने गरेका छन् । गत जेठमा बाघले पटक पटक आक्रमण गरेपछि मधुवन नगरपालिका–२ का स्थानीय बासिन्दाले आन्दोलन गरेका थिए । 
 
उक्त घटनापछि मधुवन नगरपालिकाका प्रमुख तेजबहादुर भाटसहितको टोलीले काठमाडौँ आएर प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री खाणलाई भेटी वन्यजन्तुको आक्रमण रोक्न जङ्गल र बस्तीबीचमा तारबारको व्यवस्था गर्न माग गरेको थियो । तारबार कसरी र कुन निकायमार्फत गर्ने भनेर गृहमन्त्री खाणले आफूसँग छलफल गरेको बर्दियाका प्रजिअ बस्तोलाले जानकारी दिए । 
 
वन क्षेत्रबाट बाघ बस्तीमा प्रवेश गर्न नपाऊन् भनेर तारबारका लागि जिल्लाबाट बजेट छुट्याउन केन्द्रमा माग गरिएको पनि प्रजिअ बास्तोलाले बताए । 
गृहमन्त्री खाणले वन सचिव कँडेलसँग पनि जङ्गली जनावर बस्तीमा पस्न नदिन के के गर्न सकिन्छ भनेर छलफल गर्नुभएको थियो । गृहमन्त्री खाणले झापाका प्रजिअ रिजालसँग त्यो जिल्लाको घटनास्थितिका बारेमा जानकारी लिएका थिए । रासस