मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ : नेता कोइराला

कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्छ : नेता कोइराला


चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीय र प्रादेशिक निर्वाचनमा कांग्रेसलाई कम क्षति हुनेगरी गठबन्धनमा जानुपर्ने बताएका छन् ।  
 
नेपाल प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल जारी रहेको बताए । उनले भने, “गठबन्धनमा कसरी जाने भन्ने विषयमा छलफल भइरहेको छ, गठबन्धन गर्दै गर्दा कांग्रेसलाई कमभन्दा कम क्षति हुने गरी जानुपर्छ । ”
 
स्थानीय तहको निर्वाचनमा आफ्ना कार्यकर्ताभन्दा पनि मतदाता कति हुन् भन्ने बुझ्न कठिन भएको उनले बताए । उनले भने, “स्थानीय निर्वाचनमा हामीले रुखमा, हसिया हथौडामा, कलममा, छातामा मतदान गर्न भन्यौँ, तर आफ्ना मतदाता कति हुन् भन्ने बुझ्न सकिएन । ”
 
फरक प्रसङ्गमा उनले नेपाली कांग्रेस कुनै समूहको पार्टी नभएको बताए । उनले भने, “कांग्रेस विधिविधानअनुसार हिँड्नुपर्छ । ” पार्टी सभापतिले सबैलाई मिलाएर हिँडाउनुहुन्छ भन्ने चाहना आफ्नो रहेको उनले बताए । आफू भागबण्डाका पक्षमा नरहेको जनाउँदै उहाँले पार्टी वैधानिकरुपमा चलोस् भन्ने रहेको जिकिर गरे ।
 
आफूसँग विचार मिल्ने साथीसँग छलफल गर्दा भाग खोज्यो भन्नु हल्ला रहेको उनको भनाइ थियो । कांग्रेस कम्युनिष्ट प्रवृतिबाट जान नहुने भन्दै उनले सरकार र सभापतिले गरेका नकारात्मक कुराको खण्डन गर्दै पार्टी बलियो बनाएर लैजानुपर्ने बताए । कांग्रेसको नेतृत्वमा सरकार छ भन्दैमा सरकारले गरेका गलत कामको खण्डन गर्नु हुँदैन भन्ने नरहेको उनको भनाइ थियो । rasas