मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राजनीति-समाज   

नेजाको साधारण सभाको तयारी अन्तिम चरणमा

नेजाको साधारण सभाको तयारी अन्तिम चरणमा


सानफ्रान्सिस्को । नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पन्ध्रौँ साधारण सभाको तयारी अन्तिम चरणमा पुगेको छ । संघको साधारण सभा यही जुलाई २३ र २४ तारिख क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरमा हुँदैछ ।
 
संघको तयारीका लागि सानफ्रान्सिस्को सहर आसपास बसोबास गर्ने संघ सम्बद्ध नेजाका सदस्यहरु विभिन्न जिम्मेवारी लिएर स्थानीय तहमा व्यवस्थापनको क्षेत्रमा खटिएका छन् । 
 
संघका क्षेत्रीय संयोजक (पश्चिम क्षेत्र) एवं साधारण सभाका कन्भेनर शिव नेपालका अनुसार पत्रकार साथीहरुले साधारण सभालाई सफल पार्नका लागि विभिन्न जिम्मेवारीमा रहेर काम गरिरहेका छन् भने विभिन्न संघसंस्था सम्बद्व व्यक्तिहरुले समेत सहयोगी भूमिका निभाइरहेका छन् । 
 
कन्भेनर नेपालका अनुसार साधारण सभाको लागि स्थल छनौट, साधारण सभामा सहभागी हुन आउने सदस्य तथा सदस्यका परिवारका लागि आवास तथा खानाको प्रबन्ध भइसकेको र उद्घाटन सत्रको निम्ति आवश्यक तयारीलगायत साधारण सभासँग सम्बन्धित अन्य कामहरु भइरहेको छ । 
 
संघको कार्यसमितिको बैठकले सदस्य तथा सदस्यका परिवारका लागि जुलाई २३ र २४ का लागि आवास तथा जुलाई २३ को राति र जुलाई २४ को बिहान तथा रातिको निम्ति खानाको व्यवस्था नेजाको तर्फबाट गर्ने निर्णय गरेको छ । 
 
संघको साधारण सभामा सहभागी हुने सदस्यहरुका लागि रजिष्ट्रेसन शुल्क १०० डलर कायम गरिएको छ भने परिवारसहित साधारण सभामा आउने सदस्यहरुलाई १५० डलर शुल्क राखिएको छ । 
 
सोनेष्टा होटल एण्ड रिसोर्ट इम्रिभिल, अकल्याण्डमा हुने साधारण सभाको उद्घाटन सत्रमा सहभागी हुनका लागि अतिथिहरुलाई आमन्त्रणसमेत गरिसकिएको छ ।