मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल   

कोरोना सङ्क्रमण : भारतमा र दक्षिण कोरियामा बढ्दो क्रममा

कोरोना सङ्क्रमण : भारतमा र दक्षिण कोरियामा बढ्दो क्रममा


याँ दिल्ली । भारतमा र दक्षिण कोरियामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दो क्रममा रहेको छ । भारतमा मङ्गलबारको तुलनामा तीन हजार २९१ सङ्क्रमित बढेको पुष्टि भएको हो । बितेका २४ घन्टामा १६ हजार नौसय छ जना सङ्क्रमित फेला परेका छन् । 
 
हाल भारतमा कोरोनाका कूल सङ्क्रमितको सङ्ख्या चार करोड ३६ लाखभन्दा बढी पुगेको समाचारमा जनाइएको छ ।  यहाँ एक लाख ३२ हजार ४५७ सक्रिय सङ्क्रमित रहेका छन् । यो कुल सङ्क्रमितको ०।३० प्रतिशत हो । करिब चार महिनापछि १३ दिन यता सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा बढी भएको छ । 
 
पछिल्लो एक दिनमा १५ हजार ४४७ कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या चार करोड ३० लाख ११ हजार ७४७ पुगेको छ । कोरोना भाइरस निको हुने यो दर ९८.४९ प्रतिशत रहेको छ ।
 
बितेका २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४५ जनाको मृत्यु भएको छ । कोरोना महामारीका कारण पाँच लाख २५ हजार पाँचसय १९ जनाको मृत्यु भएको छ । मङ्गलबार चार लाख ५९ हजार ३०२ कोरोना परीक्षण गरिएको थियो । यस महामारी शुरु भएयता हालसम्म ८६ करोड ७७ लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ । 
 
भारतमा सन् २०२१ को जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । हालसम्म कोरोनाविरुद्ध एक अर्ब ९९ करोड १२ लाख ७९ हजार १० मात्रा खोप लगाइएको छ । 
 
यसैबीच, दक्षिण कोरियामा मङ्गलबार ४० हजार २६६ जना कोरियाको नयाँ सङ्क्रमित भेटिएका स्वास्थ्य अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । योसँगै दक्षिण कोरियामा एक करोड ८६ लाख २ हजार १०९ पुगेको स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको  छ । 
 
अघिल्लो दिनको तुलनामा आज दुई हजार ९०६ जना बढेको जनाइएको छ । कोरोना सङ्क्रमणबाट हिजो  बाह्र जनाको मृत्यु भएको थियो । कोरोनाका कारण हालसम्म २४ हजार ६८० जनाको मृत्यु भइसकेको छ । एएनआई÷सिन्ह्वा